• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सामावेशीको जन्मदाता कांग्रेसनै हो : डा. महत

नुवाकोट । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डाक्टर प्रकाश शरण महतले नेपाली कांग्रेस समाबेशीको जन्मदाता भएको बताएका छन ।

आज नुवाकोटमा नेपाल आदिवासी जनजाति संघ शिवपुरी गाउँपालिकाको भेलालाई सम्बोधन गर्दै डाक्टर महतले जातीय र लैंगिक समावेसीलाई अहिलेको सरकारले बेवास्ता गरेको समेत आरोप लगाए । देशलाई एकताबद्ध बनाउने नेपालमा अझैपनी जातीय र लैंगिक सामावेशी आवस्यक रहेको तर्क गरे ।

फरक प्रसंगमा डाक्टर महतले अहिलेको बहुमत प्राप्त नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार सवै क्षेत्रमा असफल भयो जिकिर गरे । महतले भने सरकारका एकपछि अर्को कान्ड आइरहेका छन,भ्रष्टाचारमा यो सरकारले छलाङ मार्दै छ तैपनि हाम्रा प्रधानमन्त्रीले समृद्धिको ठुला गफ दिएर जनतालाई झुक्याउने खोज्दै छन यसका विरुद्ध हाम्रा भातृसंस्थाले जनतालाई बुझाउनुपर्ने बताए। सहमहामन्त्री महतले देशमा समृद्धि र सुसान ल्याउने हो भने कांग्रेसले जित्नुपर्ने भन्दै कम्युनिस्टहरुले जिते देशको भलो नहुने तर्क गरे ।

गएको निर्वाचनमा कम्युनिस्टहरुले भ्रम छरेर निर्वाचन जितेपनी अबको निर्वाचनमा ती सबै भ्रमको पर्दाफास गर्न कांग्रेस लाग्ने कुरा पनि डाक्टर महतले खुलासा गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर