• मंगलबार १२-१८-२०७६/Tuesday 03-31-2020/ 05:19 am

अध्यक्ष जुलिया मोर्लेले आर्थिक सहयोग गर्ने

हेटौँडा ।  विश्व सुन्दरी प्रतियोगिताको आयोजक संस्थाका अध्यक्ष जुलिया मोर्लेले मकवानपुरको विकट चेपाङबस्तीमा पूर्वमिस नेपाल शृङ्खला खतिवडाको पहलमा निर्मित स्वास्थ्यचौकीमा प्रसूति केन्द्र सञ्चालन गर्न आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । 

शुक्रबार सोही स्वास्थ्यचौकीमा पुगेर अध्यक्ष मोर्लेले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्  । अध्यक्ष मोर्लेले २०१८ को मिस वल्र्डमा ‘ब्युटी विथ पर्पज’ जित्न सफल भएको संरचना हेर्न पाउँदा खुशी लागेको उल्लेख गरे । यस्तो विकट स्थानमा समेत राम्रो संरचना बनेको र यस्तो ठाउँमा पुग्न र देख्न पाउँदा खुशी लागेको उनको भनाइ थियो ।

पूर्वमिस नेपाल खतिवडाको पहलमा निर्मित स्वास्थ्यचौकी तथा चेपाङबस्ती हेर्न विश्व सुन्दरीलगायतको टोली कैलाश गाउँपालिकाको भार्ता्स्थित चेपाङ गाउँमा आएको हो । तामलाङस्थित ङिको स्वास्थ्यचौकीको अवलोकनका लागि मिस वल्र्ड टोनी एन सिंह, मिस वल्र्डकी अध्यक्ष जुलिया मोर्ले, पूर्वमिस नेपाल खतिवडा, मिस नेपाल अनुष्का श्रेष्ठलगायतको टोली पुगेको थियो । मिस नेपाल २०१८ कि विजेता शृङ्खला खतिवडाले तामलाङमा ङिको स्वास्थ्यचौकी निर्माण गर्नुभएको थियो । 

मिस वल्र्ड प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व भएकी खतिवडाले ब्युटी अफ पर्पज विधा जित्न सफल भएको स्वास्थ्यचौकी मिसवल्र्डका आयोजकलाई अवलोकन गराएका हुन् । कार्यक्रममा पूर्व्मिस नेपाल  खतिवडाले मेहनत गरेर निर्माण गरिएको स्वास्थ्यचौकीको कामको मूल्याङ्कन भएको बताउनुभयो । एउटा ‘टाइटल’ जित्न सहयोग गरेको स्वास्थ्यचौकी निर्माणपश्चात् अवलोकनमा आएको टोलीलाई उनले धन्यवादसमेत व्यक्त गरे । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फलोअप : कानुन उलंघनबारे बोले कानुनमन्त्री भण्डारी, फेरी बोले झुट !

  • १७ चैत, २०७६

सुर्खेत । विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला कर्णाली प्रदेशका कानुनमन्त्रीले कानुनको उलंघन गरेको खबरले कर्णाली प्रदेशमा एक प्रकारको

प्रदेश पाँच सरकारका पाँच निर्णय, सीमामा अलपत्र परेकालाई सम्वन्धित जिल्लामा पठाइने

  • १७ चैत, २०७६

बुटवल । विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले विभिन्न निर्णयहरु

चितवन : कोरोना अस्पतालमा उपचार लिने बढे, यस्तो छ सावधानिको तयारी र लकडाउनको प्रभाव

  • १७ चैत, २०७६

चितवन । चितवनका स्थानीय तहले हालै विदेशबाट आएकाहरुको पहिचान गरि सावधानी अपनाउन सक्रियता देखाएको छ ।  लकडाउनलाई सफल बनाउन र कोरोना भाइरसको