• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

स्तनको ‘साइज’ अनुसार हाेटलमा ५ देखि ६५ प्रतिशत छुट !

एजेन्सी ।  चीनको तटीय क्षेत्रको सहर झेजियाङको एक रेष्टुरेन्टमा महिला ग्राहकलाई आकर्षण गर्न अचम्मको मूल्यसुची  सार्वजनिक गरेको छ । ग्राहकलाई आफ्नो होटलमा आकर्षण गर्नको लागि यस्तो किसिमको उपाय लगाइएको छ । 

ट्रेन्डी चिरान्ट नामक रेस्टुरेन्टले विज्ञापनका लागि विभिन्न आकारका स्तन भएका महिलाको कार्टुन बनाई त्यसमुनि लेखिएकाे छ– द होल सिटी इज लुकिङ फर ब्रेस्टस् ’ अर्थात सिङ्गै सहरले स्तनको तलास गरिरहेको छ ।

महिला ग्राहकलाई आकर्षित गर्नका लागि उक्त रेस्टुरेन्टले महिला ग्राहकले पहिरिएको ब्राको साइज हेरेर छुट दिने रणनीति अवलम्बन गरेको छ । जसअनुसार खानामा पाँचदेखि ६५ प्रतिशतसम्म छुट दिइन्छ ।

यस विज्ञापनपछि आफ्नो स्तनलाई आकर्षक रूपमा प्रस्तुत गरी खाना खान उक्त रेस्टुरेन्टमा महिलाको भीड लाग्ने गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर