• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कोरोना प्रभाव : रङ्ग उडेको पर्व बन्यो ‘होली’ [फोटोफिचर]

झापा । रङ्गहरुको पर्व होली यस पटक रङ्गहीनजस्तै बन्न पुग्यो । हरेक वर्षको होलीमा रंगमय हुने दमक आज भने सुनसान प्रायः देखियो । छिटपुट बाहेकको अनुहारमा रंग पनि देखिएको छैन । विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावले झापासहित अन्यत्रपनि होलीलाई प्रभावित बनाएको छ ।

झापाको दमक, गौरादह, बिर्तामोड मात्र नभई देशभर यो वर्षको होली गतवर्ष जस्तो मनाइएन् ।

झापाको बिर्तामोड, दमक लगायतका शहरहरुमा होलीको दिन जिल्लाकै ठुलो भीडभाड हुने गथ्र्याे । आज त्यहि भीड हुने बिर्तामोडको हनुमान कम्प्लेक्स, दमकको गणतन्त्र चोक, गौरादहको डिपु चोक सुनसान बनेको छ । जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला प्रहरीको अनुरोधले सर्वधासारणले गतवर्ष जस्तो होली पर्व मनाएका छैनन् ।

तराईको होली पहाडको भन्दा बृहत मनाइने गरिन्छ । होली आउनुभन्दा हप्तादिन अघि सेतो भेस्ट र कुर्ता जोहो गर्नेहरुले यो वर्ष रंग पनि खरिद गरेका छैनन् । दमकमा रंग र टिसर्टको मारामार व्यापार गर्नेहरु समेत निरास बनेका छन् ।

'होलीको दिन दमकमा हिडडुल गर्न समेत गाह्रो हुन्थ्यो,' एक व्यापारी भन्छन्, 'यसपालीको होली भाइरसले खत्तम पार्याे ।'

विगतका वर्षमा यस दिन असाध्यै भिडभाड र चहलपहल हुने शहर तथा बजारका चोक, गल्लीहरुमा समेत यसपटक होलीको रौनक खासै देखिएन । केही ठाउँमा बालबालिकाले फाट्टफुट्ट रुपमा अबीर र पिचकारी खेलेको भेटिए पनि अभिभावकहरु भने घरमै बसेर रङ्ग, अबिर एक आपसमा साटासाट गरेको पाइयो ।

जसको कारण बन्यो, चीनको वुहान शहरबाट विश्वभर फैलँदै गएको कोरोना भाइरसको संक्रमण ।

विश्व स्वास्थ्य संगठनले समेत नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताएपछि सबै नेपाली सशङ्कित भए । सरकारले पनि सामुहिक रुपमा होली नखेल्न, भिडभाड नगर्न सबैसँग अनुरोध गरे संगै यस बर्षको होलीमा रौनक नदेखिएको सर्र्वसाधारणहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर