• सोमबार १२-१७-२०७६/Monday 03-30-2020/ 02:04 am

कोरोनाविरुद्ध सचेतना जगाउन मुख्यमन्त्री गुरुङको आह्वान

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन सर्वसाधारणलाई सचेतना जगाउन  पार्टीमा सबै सदस्य लाग्न आह्वान गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटीले आजदेखि शुरु गरेको तीनमहिने जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियानको यहाँ शुभारम्भ गर्दै उनले पार्टीका अभियान र कोरोनाविरुद्धको सचेतनालाई सँगसँगै लैजान कार्यकर्तालाई निर्देशन दिए ।

पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले पार्टीले शुरु गरेको अभियानमा प्रत्येक घरघरमा पुगेर व्यक्ति–व्यक्तिलाई भेटेर सचेतनाका लागि आग्रह गरिने र  संघीय सरकारसँग प्रदेश सरकार पनि कोरोनाविरुद्धको अभियानमा एक साथ अघि बढेको स्पष्ट पारे ।

पार्टीका जिल्ला अध्यक्ष एवं गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाले जिल्लाका ७२ वटै वडामा एकैपटक अभियानको शुभारम्भ गरिएको जानकारी दिए । उनले कोरोना सचेतनासँगै अभियानका क्रममा यसै महिनाभित्रमा पार्टी सदस्यता नवीकरण, सङ्घ, प्रदेश तथा स्थानीय तहको निर्वाचनका बेला जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न लाग्ने जानकारी दिए । 

अध्यक्ष थापाले स्थानीय सरकारका कामलाई थप प्रभावकारी बनाइने तथा बाँकी रहेको जनवर्गीय सङ्गठनको एकीकरणको कामलाई समेत तीनमहिने अभियानका क्रममा सम्पन्न गरिने जानकारी दिए । सो अभियान आगामी जेठ मसान्तसम्म सञ्चालन हुने बताइन्छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्णाली प्रदेशका कानुनमन्त्रीले नै गरे कानुनको उलंघन, समाचारदैनिक कर्मीलाई धम्की !

  • १६ चैत, २०७६

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले ३ वटा गाडीलाई मन्त्रालयबाट पास दिएर सार्वजनिक रोडमा चल्न दिएका छन् ।

कोरोना संक्रमण रोकथामको प्रयासमा विराटनगर  

  • १६ चैत, २०७६

विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरस संक्रमणबाट आफ्ना नागरिकहरुलाई जोगाउन पछिल्लो एक महिनादेखि विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै

कोरोना विशेष अस्पतालमा भर्ना भएका एक बिरामीको मृत्यु

  • १६ चैत, २०७६

बुटवल । बुटवलस्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा आइसोलेसनमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ । बैदेशिक रोजगारीबाट हालै स्वदेश फर्केका