• मंगलबार १२-२५-२०७६/Tuesday 04-07-2020/ 02:04 pm

एप्पलका स्टोरहरु चीनबाहेक अन्य मुलुकमा बन्द

वासिङ्टन ।  कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर झण्डै ६ हजार व्यक्तिको मृत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोरहरु (बिक्री केन्द्रहरु) आगामी मार्च २७ सम्म बन्द गरेको छ ।

एप्पलका प्रमुख कार्यकारी टिम कूकले ट्वीट गर्दै चीन बाहेक एप्पलका स्टोरहरु मार्च २७ सम्म बन्द गरिएको र कोरोनाको सङ्क्रमण रोकथाममा सघाउन एक करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरिएको बताएका छन् । 

कम्पनीले चीन बाहेकका अन्य मुलुकमा रहेका आफ्ना कार्यालयका कर्मचारीलाई खुकुलो कार्यस्थलको व्यवस्था गरिएको जनाएको छ । कूकले अनलाइन स्टोर भने खुलै रहने बताएका छन् । 

कम्पनीले घरबाटै काम गर्न सक्ने भएमा त्यसै बमोजिमको व्यवस्था गर्ने तथा कार्यालयमै आएर काम गर्नु पर्ने कर्मचारीका लागि निर्देशिका बमोजिम आवश्यक सजकता अपनाइने बताएको छ । 

सिन्ह्वाका अनुसार चीनमा कोरोना सङ्क्रमणमा नाटकीय रुपमा सुधार आएका कारण एप्पलका सबै स्टोर खुला गरिएको छ ।   अमेरिकामा रहेका ठूला बहुराष्ट्रिय कम्पनीहरुले पनि आफ्ना कार्यालयको व्यवस्थापनमा नयाँ व्यवस्था गरेका छन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोना भाइरसको उपचारका लागि ‘एन्टिबडी’को अध्ययन र परीक्षण सुरु

  • २१ चैत, २०७६

न्यूयोर्क । कोरोनाभाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अबरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ ।  न्यूयोर्क शहरकी

अस्ट्रेलियामा कोरोनाभाइरसको ‘भ्याक्सिन’को परीक्षण सुरु

  • २० चैत, २०७६

क्यान्बेरा । अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो)ले कोरोनाभाइरस प्रतिरोधी खोप (भ्याक्सिन)को परीक्षण सुरु गरेको छ

अमेरिकी प्रतिबन्धका बाबजुद चीनसँग मिलेर कोरोनाविरुद्ध औषधी बनाउँदै क्युबा

  • १९ चैत, २०७६

एजेन्सी । क्युबाले विश्वभर फैलिएको नोबेल कोरोनाभाइरसको संक्रमणको उपचारमा सक्षम एक नयाँ ‘चामत्कारिक औषधी’ आफ्नो स्वास्थ्यकर्मीमार्फत् वितरण