प्रदेश पाँचमा यस्तो छ एसइई परिक्षाको तयारी

बुटवल । आउदो चैत ६ गतेदेखि शुरु हुने यस वर्षको एसइई परीक्षाका लागि प्रदेश ५ मा ३ सय २१ वटा परिक्षा केन्द्र तय गरिएको छ । यस वर्ष यस प्रदेशबाट एसईईमा ८१ हजार चार सय एकजना विद्यार्थी सहभागी हुंदैछन् । प्रदेशका १२ जिल्लाबाट साधारण नियमिततर्फ ७६ हजार ६ सय १८ जना, प्राविधिकतर्फ दुई हजार एक सय ३१ र ग्रेड बृद्धितर्फ दुईहजार ६ सय ५२ जना विद्यार्थी सहभागी हुने सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमा ४२ हजार ६ सय ६५ जना छात्रा र ३९ हजार ७ सय ३३ जना छात्र सहभागी हुंदैछन् । 

परीक्षार्थीमध्ये एक हजार ७ सामुदायिक विद्यालयबाट ६० हजार ५ सय ५४ जना र ६ सय ६१ संस्थागत विद्यालयका २० हजार ८ सय ४७ जना रहेका छन् ।  एसईई परिक्षामा  ३२१ जना  केन्द्राध्यक्ष,४ सय ११ जना सहायक केन्द्राध्यक्ष,४ हजार ७० जना निरीक्षक, ८ सय १४ जना परीक्षा सहायक,एक हजार ६ सय २८ जना सहयोगी र ४ हजार ८ सय १५ जना सुरक्षाकर्मी परीचालन हुने भएका छन । 

प्रदेशमा एसईई परीक्षा सञ्चालनका लागि संघीय सरकारबाट सशर्त अनुदानका रुपमा ४ करोड १२ लाख रुपैया प्राप्त भएको र ग्रेड बृद्धि परीक्षाको समेत गरी ४ करोड ३९ लाख रुपैयां खर्च हुने अनुमान गरिएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए । परीक्षालाई मर्यादित बनाउन १२ वटै जिल्लामा परीक्षा समिति गठन गरिएकोे छ । 

कुन जिल्लाबाट कति विद्यार्थी सहभागि हुदैछन ?

एसईईमा सहभागी हुने विद्यार्थीमा प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीका छन् । रुपन्देहीबाट साधारण नियमिततर्फ १६ हजार ९ सय ३६ जना, प्राविधिक नियमिततर्फ ३ सय ९९ जना र ग्रेड बृद्धितर्फ ४ सय ९४ जना सहभागी हुंदैछन् । दाङबाट प्राविधिकतर्फ ३ सय ९जना, साधारणतर्फ १२ हजार २ सय १० जना र ग्रेड बृद्धितर्फ ३ सय ४ जना गरी १२ हजार ८ सय २३ जना विद्यार्थी सहभागी हुंदैछन् ।

नवलपरासी पश्चिमबाट प्राविधिक नियमित तर्फ १ सय १३ जना, साधारण नियमिततर्फ ५ हजार ८ सय ८९ जना र ग्रेड बृद्धिमा १ सय २ जना गरी ६ हजार एक सय ४ जना, पाल्पाबाट प्राविधिकतर्फ ३ सय ७२, साधारणतर्फ ४ हजार ४ सय ९८जना र ग्रेड बृद्धिका १ सय ९४ जना गरी ५ हजार ६४ जना सहभागी हुंदैछन् । 

गुल्मीबाट प्राविधिकतर्फ १ सय ५१ जना, साधारणतर्फ ४ हजार ४ सय ७८ जना र ग्रेड बृद्धितर्फ ७४ जना गरी ४ हजार ७ सय ३ जना रहेका छन् । अर्घाखांचीबाट प्राविधिकतर्फ ६५जना,साधारणतर्फ ३ हजार २ सय ६५ जना र ग्रेड बृद्धितर्फ ९७ जना गरी ३ हजार ४ सय २७ जना परीक्षार्थी रहेका छन् । कपिलवस्तुबाट प्राविधिकतर्फ १ सय ९१ जना,साधारणतर्फ ६ हजार ८ सय ४१ जना र ग्रेड बृद्धि तर्फ ४ सय ४२ जना गरी ७ हजार ४ सय ७४ जना, रोल्पाबाट प्राविधिकतर्फ ९८जना, साधारणतर्फ ३ हजार २ सय ८० जना र ग्रेडबृद्धितर्फ १ सय ४० जना गरी ३ हजार ५ सय १८ जना परीक्षार्थी एसइईमा सहभागी हुंदै छन् ।

 प्युठानबाट प्राविधिकतर्फ ६५जना, साधारणतर्फ ३ हजार ९ सय ५१ जना र ग्रेड बृद्धिमा १ सय ३९ जना गरी ४ हजार १ सय ५५ जना, बांकेबाट प्राविधिकतर्फ १ सय ८० जना,साधारणतर्फ ८ हजार ६ जना र ग्रेडबृद्धितर्फ ३ सय ५५ जना गरी ८ हजार ५ सय ४१ जना, बर्दियाबाट प्राविधिकतर्फ १ सय ५२ जना,साधारणतर्फ ६ हजार ६ सय ९७ जना र ग्रेड बृद्धितर्फ २ सय ३९ जना गरी ७ हजार ८८ जना विद्यार्थी सहभागी हुंदैछन् । 

यस्तै रुकुम पुर्वबाट प्राविधिकतर्फ ३६ जना,साधारणतर्फ ९ सय ६६ जना र ग्रेड बृद्धितर्फ ७२ जना गरी एक हजार ७४ जना परीक्षार्थी रहेका छन् ।  जिल्लागत रुपमा हेर्दा सबैभन्दा कम रुकुम पूर्वबाट सहभागि हुदैछन । कूल परीक्षार्थीमध्ये ४ जना छात्रा र ५ जना छात्र दृष्टिविहीन, ५ छात्रा र ८ छात्र बहिरा र शारिरिक अपाङ एक छात्रा र एक छात्र एसईईमा सहभागि हुदैछन ।  

एसईई परीक्षाका लागि प्रदेशका १२ जिल्लामा गरी ३ सय २१ परीक्षा केन्द्र तोकिएका छन् । जसमध्ये सबैभन्दा धेरै रुपन्देहीमा ५६,दाङमा ४५,बांकेमा ३३,बर्दियामा ३२,कपिलवस्तुमा २९,गुल्मीमा २६,नवलपरासीमा २२,पाल्पामा २०,अर्घाखांचीमा १७,रोल्पामा १८,प्युठानमा १७ र रुकुम पुर्वमा ६ वटा परीक्षा केन्द्र रहेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर