• सोमबार १२-१७-२०७६/Monday 03-30-2020/ 03:22 am

कोरोनाविरुद्ध यात्रुलाई नेकपाको सचेतना अभियान

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले कोरोना भाइरसप्रति पुर्व सतर्कता अपनाउन यात्रु सचेतना अभियान सुरु गरेको छ । रुपन्देहीको मणिग्राम चोकबाट एक समारोहकाबीच नेकपा नगर कमिटीले जानकारी र सचेतनामूलक पर्चा वितरण गर्दै अभियान थालेको हो ।
  त्यस अवसरमा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज दधिराम न्यौपानेले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस नेपालमा भित्रिन नदिन पार्टीले देशभरी नै अभियान चलाएको बताए । उनले यसप्रति नागरिक आफै सचेत हुनुपर्ने भन्दै नेकपा तिलोत्तमाले यात्रुलाई जगाएको सचेतनाप्रति धन्यवाद दिए । सवारी चालक र यात्रुहरुलाई पर्चासहित गरिएको सचेतनाले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । 
  नेकपा तिलोत्तमा नगर कमिटी अध्यक्ष मोहन चापागाईंले सार्वजनिक र निजी सवारी साधनमा यात्रा गर्ने यात्रुहरु र सडकमा हिंडडुल गर्ने पैदल यात्रुहरुलाई समेत लक्षित गर्दै सचेतना जगाउने काम गरिएको बताए ।
  यसअघि नेकपा रुपन्देहीले जिल्लाव्यापी रुपमा कोरोनाविरुद्ध सचेतना अभियान चलाउने निर्णय गरेको थियो ।  कोरोना विरुद्ध सचेतना र स्वास्थ्य प्रति सजक गराउन आयोजना गरिएको अभियानलाई निरन्तरता दिइने पनि नेकपाले जनाएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्णाली प्रदेशका कानुनमन्त्रीले नै गरे कानुनको उलंघन, समाचारदैनिक कर्मीलाई धम्की !

  • १६ चैत, २०७६

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले ३ वटा गाडीलाई मन्त्रालयबाट पास दिएर सार्वजनिक रोडमा चल्न दिएका छन् ।

कोरोना संक्रमण रोकथामको प्रयासमा विराटनगर  

  • १६ चैत, २०७६

विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरस संक्रमणबाट आफ्ना नागरिकहरुलाई जोगाउन पछिल्लो एक महिनादेखि विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै

कोरोना विशेष अस्पतालमा भर्ना भएका एक बिरामीको मृत्यु

  • १६ चैत, २०७६

बुटवल । बुटवलस्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा आइसोलेसनमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ । बैदेशिक रोजगारीबाट हालै स्वदेश फर्केका