• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कोरोना भाइरसबाट बच्न दिल्लीमा गौमूत्र पार्टी, २०० मानिस प्रभावित

एजेन्सी । विश्वव्यापी रुममा फैलिरहेको कोरोना भाइरसको त्रासबीच दिल्लीमा गौमूत्र पार्टी गरिएको छ । पार्टीमा करिब २०० मानिसहरुले गौमूत्र पिएका छन् । यो पार्टी भारतीय हिन्दु महासभाले कारोना भाइरसबाट बच्नको लागि आयोजना गरेको हो । 

पार्टीम सहभागी भएका मानिहरुको  धारणा अनुसार गौमूत्र पिएका कोरोना लाग्ने सम्भावना निकै कम हुन्छ । हिन्दु महाभारतका मानिसहरुको मान्यता अनुसार गौमूत्रमा अत्याधिक मात्रामा औषधिय गुण हुन्छ । त्यसैले कोरोना भाइरसबाट बचाउँछ । केही समय अगाडी केही मानिसहरुले गौमूत्रको प्रयोगबाट क्यान्सर लगागतका केही रोगहरु निको हुने दावा समेत गरेका थिए । तर यसको कोही वैज्ञानिक आधार भने छैनन । 

यसरी दिल्लीमा गौमुत्र आयोजना गर्ने अखिल भारतीय हिन्दु महासभाले अन्य ठाउँमा पनि यस्तो प्रकारको कार्यक्रम गर्ने योजना बनाएको छ । पार्टीमा गौमूत्र पिएका एक व्यक्तिले बिगत २१ वर्ष देखि गौमूत्र पिउँदै आएको र आजसम्म सामान्य रुघा खोकी समेत नलागेको बताएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर