• मंगलबार १२-२५-२०७६/Tuesday 04-07-2020/ 02:11 pm

प्रदेश २ को नाम मधेश, मिथिला वा नेकपा , राजधानी जनकपुर वा वीरगञ्ज

जनकपुर । प्रदेश २ को नाम र राजधानी टुंग्याउन प्रदेशसभा बैठक बसिरहेको छ ।  बैठकको शुरुमै प्रदेशको नामाकरण तथा राजधानी सम्बन्धी अध्ययन विशेष समिति २०७६ को सभापतिको तर्फबाट समितिको सदस्य परमेश्वर साहले समितिको प्रतिवेदनसहित प्रदेशको नाम र राजधानीसम्बन्धमा दर्ता भएको प्रस्तावमाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गरेका छन् ।

प्रदेशसभा सदस्य परमेश्वर साहले राजधानी सम्बन्धमा दर्ता गराएको प्रस्ताव माथि बोल्दै नेकपाका प्रदेशसभा सदस्य रामचन्द्र मण्डल र किशोरी साह कमलले जनकपुरधामको ऐतिहासिकता र पौराणिकताको महत्वलाई बुझ्दै प्रदेश २ को राजधानी जनकपुरधामलाई तोक्न आग्रह गरेका छन् ।

प्रदेशसभाको जारी बैठकमा प्रदेश २ को नामाकरण सम्बन्धमा बोल्दै प्रदेशसभा सदस्यहरु पारस प्रसाद साह, सुरिता कुमारी साह, करिमा बेगम, बाबुलाल साहले प्रदेश २ को नाम मधेश प्रदेश हुनुपर्नेमा जोड दिएका छन् । त्यस्तै राजधानी सम्बन्धमा प्रदेशसभा सदस्य करिमा बेगम र ओम प्रकाश शर्माले फरक मत राखेका छन् ।

उनीहरुले प्रदेशको राजधानी विरगञ्ज हुनुपर्नेमा जोड दिएका छन् । विरगञ्ज महानगरपालिका रहेको र मधेश आन्दोलनको धार पनि विरगञ्ज नै रहेकोले राजधानी पनि विरगञ्ज नै हुनुपर्ने उनीहरुको जिकिर छ प्रदेशको नाममध्य मधेश प्रदेश राख्नुपर्नेमा प्रदेशसभा सदस्य ओम प्रकाश शर्माले फरक धारणा राखेका छन् ।

प्रदेश २ को नामाकरणका लागि सत्तारुढ दल समाजवादी र राजपाका प्रदेशसभा सदस्यहरुले मधेश प्रदेश,प्रतिपक्षी कांग्रेसले मिथिला र नेकपाले जानकी प्रस्ताव राखेका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ऊर्जामन्त्री पुनले रोल्पाका सबै पालिकालाई थप स्वास्थ्य सामाग्री पठाए

  • २५ चैत, २०७६

रोल्पा ।ऊर्जामन्त्री पुनद्वारा रोल्पाका सबै पालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान  काठमाण्डौं, २४ चैत– ऊर्जा, जलश्रोत ताथ

प्रदेश पाँचका मुख्यमन्त्रीले गरे ६ पालिकाका प्रमुखहरुसँग भिडियो संवाद

  • २४ चैत, २०७६

बुटवल । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास बारे प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले ६ वटा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद गरेका

शाइन रेसुंगा बैंकद्वारा कोरोना कोषमा साढे २५ लाख

  • २४ चैत, २०७६

बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा २५ लाख ५० हजार रुपैयां प्रदान गरेको छ ।