• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

चैत ९ गतेदेखि सार्वजनिक, सामुदायिक र निजि कार्यालय बन्द

काठमाडौं । सरकारले आगामी ९ चैतबाट सार्वजनिक, सामुदायिक र निजी कार्यालय सबै बन्द गर्ने भएको छ । अनिवार्य सेवा दिनपर्ने कार्यालय भन्दा बाहेकका सबै कार्यालयहरु बन्द हुने भएको हो । 

शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सो कुराको जानकारी गराएका हुन् । 

कार्यालय ९ देखि २१ सम्म बन्द गरिएको उनले आफ्नो सम्बोधनमा बताए । 

सीमाबाट हुने आवागमनमा कडाइ हुनेछ। सवै यात्रुलाई अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरिने उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर