• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

सरकार गठनमा ३० मिनेट ढिला भएको भए म नै मुख्यमन्त्री हुन्थेँ : यमलाल कँडेल

सुर्खेत । कर्णाली प्रदेशका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीका सह–इन्चार्ज यमलाल कँडेलले आफू मुख्यमन्त्री हुन नपाएकोमा घुमाउरो शैलीमा दुःख व्यक्त गरेका छन् । 

साथै, उनले आफूसँग भएको योग्यता देखाउनका लागि आफू तयार रहेको समेत बताएका छन् । 

केही दिन अघि विभिन्न संचार माध्यममा सरकार परिवर्तनको भूमिका खेलेको भन्दै आरोप लागेपछि उनले शुक्रबार एक पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

सरकारको कामको गति हेर्दा सरकार परिवर्तनको विषयमा छलफल हुँदासमेत आफूभन्दा माथिका नेताहरु आफूप्रति सकारात्मक रहेको पनि उनले बताए । 
कर्णालीमा  नेता कडेँललाई कर्णाली सरकारको आलोचकको रुपमा लिने गरिएको छ ।

संसदमा बोल्दा होस् वा बाहिर बोल्दा सरकारले ढंग नपुर्याएको आरोप लगाइरहने नेता कडेँलले केही समयअघि कर्णाली प्रदेश सरकार परिवर्तनको आरोप खेपेका थिए । 

सोही आरोप खण्डनका लागि उनले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

संसदिय समितिहरु गठन गर्नको लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूसँग छलफल गरेको र सांसदहरुलाई जानकारी दिन बसेको बैठकमा सरकार परिवर्तनको कुरा उठेको साँचो भएको भन्दै नेता कडेँलले जसले सरकार परिवर्तनको कुरा ल्याएर आएका थिए उनीहरु नै अहिले मुख्यमन्त्रीको शरणमा पुगेको दाबी गरे । 

‘नयाँ संरचना अनुसार निर्वाचनको बेला धेरै अवसर हुँदाहुँदैपनि मैले ती अवसरहरुलाई छाडेर प्रदेश रोजेको हुँ’ पत्रकार सम्मेलनमा बोल्दै नेता कँडेलले भने, ‘त्यो बेलाको भागबण्डा राम्रो थिएन, मैले उहिले पनि भनिरहेकै हो,’ उनले भने । 

सरकार गठनको बेला ३० मिनेट मात्रै रोकेको भए आफू मुख्यमन्त्रीको झण्डा हल्लाएर अहिले हिँडिरहेको हुने उनले बताए । 

‘कम्युनिष्ट सरकार भएको हुनाले सरकारको आफूले जहिले संरक्षण गर्ने हो तर पात्रलाई होइन,’ उनले भने, ‘सरकार परिवर्तन भन्दा पात्र परिवर्तनको विषयमा आफूभन्दा माथि छलफल नभएको साँचो हो ।’

‘पोजिसनमा रहेकाहरुको जस्तो आफूले हेक्का राखेको छु । उनीहरुले पनि आफ्नो हेक्का राखेको हुन सक्ने भन्दै नेता कँडलले मुख्यमन्त्री पदको लागि अहिलेको अवस्था जस्तो छ जुनसंख्या छ त्यो आधारमा आफू सजिलै पदमा पुग्ने दावि गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर