• शनिबार १२-२२-२०७६/Saturday 04-04-2020/ 11:52 am

कोरोनाको सङ्क्रमणबाट बच्न सावधानी अपनाउ : मुख्यमन्त्री पौडेल

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशवासी तथा देश विदेशमा रहेका नेपालीलाई कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी बनिरहेको भन्दै यसको सङ्क्रमणबाट बच्न सावधानी अपनाउन अनुरोध  गरेका छन् । 

मुख्यमन्त्री पौडेलले शनिबार एक सन्देश प्रकाशित गर्दै उक्त भाइरसलाई नेपालमा भित्रिनै नदिन नेपाल सरकार, वाग्मती प्रदेश सरकार तथा मातहतका निकाय लागेका बेला हामी सबै नागरिकको समेत साथ आवश्यक रहेको उल्लेख गरेका छन् ।

सो भाइरसलाई नेपालमा भित्रिनै नदिन नेपाल सरकार वाग्मती प्रदेश सरकार तथा मातहतका निकाय लागेका बेला हामी सबै नागरिकको समेत साथ आवश्यक छ । “त्यसैले सङ्घीय सरकार एवं वाग्मती सरकारले यसअघि गरेका अनुरोध तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनमार्फत गर्नुभएको आग्रहअनुसार आफ्ना दैनिक क्रियाकलाप सञ्चालन गर्नुहुन सबैमा अनुरोध गर्दछु”, मुख्यमन्त्री पौडेलद्वारा प्रकाशित सन्देशमा उल्लेख छ ।  
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कञ्चनपुरमा कोरोना संक्रिमतको मृत्यु भएको अफवाह फैलाउने युवक पक्राउ

  • २२ चैत, २०७६

कञ्चनपुर । कोरोना भाइरस (कोभिड–१९) बारे सामाजिक सञ्जालमा अफवाह फैलाउने कञ्चनपुरका एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक

पोखरा महानगरको राहत कोषमा प्याब्सनको पाँच लाख

  • २२ चैत, २०७६

चिप्लेढुङ्गा ।  पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा निजी विद्यालयको छाता संस्था प्याब्सन कास्कीले रु पाँच लाख सहयोग गरेको छ । प्याब्सन

जाजरकोटका अधिकांश औषधि पसल बन्दः घण्टौँ हिँडेर औषधि किन्न बाध्य

  • २२ चैत, २०७६

जाजरकोट  । अत्यावश्यक सेवाअन्तर्गत निजी अस्पताल र औषधि पसल पनि पर्छन् । तर लकडाउनको अवसर पारेर यहाँका अधिकांश औषधि पसल बन्द भएका छन् । कोरोना भाइरस