• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

कोरोना प्रभावः गुगलले रद्द गर्यो आफ्नो सबैभन्दा ठूलो वार्षिक कार्यक्रम 

एजेन्सी । विश्व प्रसिद्ध सर्च इन्जिन गुगलले कम्पनीले आफ्नो सबैभन्दा ठूलो कार्यक्रम ‘फ्लाइङ एनुअल डिभेलपर कन्फ्रेन्स’(गुगल आई–ओ) रद्द गरेको छ । 

कोरोना भाइरसको बढुदो संक्रमणलाई मध्यनजर गर्दै गुगलले कार्यक्रम रद्द गर्ने फैसला लिएको हो । यसवर्ष गुगल आई–ओ २०२०सँग जोडिएका कुनै पनि कार्यक्रम नहुने बताइएको छ । 

यसअघि यस कार्यक्रम भिडियो कन्फ्रेन्सको माध्यमबाट गरिने भनिए पनि कोरोना महामारीलाई मध्यनजर गर्दै यस वर्ष अनलाइन वा अफलाइन कुनै कार्यक्रम नहुने बताइएको छ । 

शुक्रबार क्यालिफोर्निया सरकारको तर्फबाट सबै नागरिकसँग आ–आफ्नो घरमा बस्न र केही अत्यावश्यक यात्राका लागि मात्र बाहिर निक्लन आग्रह गरेको छ । 

त्यसपछि, गुगलले ट्विट गर्दै गुगलका सम्पूर्ण कार्यक्रम रद्द गरिएको बताएको छ, ‘हाल हामीले सबैभन्दा जरुरी काम नयाँ चुनौतीहरुको सामना गरिरहेका मानिसलाई मद्दत गर्नु हो । हामी अन्य काम फेरी पनि गर्नसक्छ, तर अहिले हामीले आफ्नो समुदायलाई सुरक्षित, जागरुक र जोडिइरहन राख्नमा मद्दत गर्न सक्छौँ । 

गुगल आई–ओ कार्यक्रम विश्वको सर्वाधिक लोकप्रिय सर्च इन्जिन गुगललको वार्षिक सम्मेलन हा । यस कार्यक्रममा गुगल एन्ड्रोएड मोबायल अपडेट्सका नयाँ भजर्नको बोरमा र गुगलको बाँकी सेवामा आउने नयाँ फिचरहरुको बारेमा डिभेलपर्स र बाँकी प्रयोगकर्तालाई जानकारी दिइने गरिन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर