• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

कोरोना प्रभावः स्मार्टफोनको बिक्रिमा हालसम्मकै उच्च गिरावट

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण विश्व बजारमा स्मार्टफोनको बिक्रीमा हालसम्मकै सबैभन्दा उच्च गिरावट आएको छ । 

अनुसन्धान संस्था स्ट्राटेजी एनालिटिक्सको एक रिपोर्टअनुसार, गत फेब्रुअरी महिनामा विश्व बजारमा स्मार्टफोनको बिक्रिमा गत वर्षको सोही महिनाको तुलनामा ३८ प्रतिशतले गिरावट आएको छ ।

रिपोर्टमा भनिएको छ, ‘फेब्रुअरी महिनामा कतिपय एसियाली स्मार्टफोन कम्पनीहरुले नयाँ स्मार्टफोन उत्पादन नै गर्न सकेनन् भने भाइरसको डरका कारण उपभोक्ताहरु समेत स्मार्टफोन खरियद गर्नका लागि बजारसम्म जान सकेनन्रचाहेनन् ।’

स्मार्टफोनको सबैभन्दा ठूलो बजारको रुपमा रहेको चीनमा फेब्रुअरी महिनामा डरलाग्दो गरी फैलिएको कोरोना भाइरसले स्मार्टफोनको व्यापार चौपट बनाएको हो ।

सन् २०१९ को फेब्रुअरी महिनामा विश्वमा ९ करोड ९२ लाख वटा स्मार्टफोन बिक्री भएकोमा यो वर्षको फेब्रुअरी महिनामा जम्मा ६ करोड १८ लाख वटा स्मार्टफोन बिक्री भएका छन् ।

स्मार्टफोन उद्योगका लागि फेब्रुअरी महिना सबैभन्दा विशेष महत्वको रहँदै आएको थियो । हरेक वर्ष फेब्रुअरी महिनामै बार्सिलोनामा मोबाइल वर्ल्ड कंग्रेसको आयोजना हुने गरेको थियो, जहाँ स्मार्टफोन कम्पनीहरुले आफ्ना नयाँ मोडलका फोन सार्वजनिक गर्ने गर्दथे । तर यो पटक कोरोना भाइरसको त्रासका कारण मोबाइल वर्ल्ड कंग्रेस समेत हुन सकेन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर