नियमित परिक्षण गर्न पाल्पा अस्पतालमा बिरामीको चाप

पाल्पा । कोभिड १९ अर्थात कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि सरकारले देशभरीका सबै सरकारी अस्पतालमा आकस्मिक सेवा बाहेका सेवाहरु बन्द गर्न आग्रह गरेका छ । तर पाल्पा अस्तपतालमा भने सामान्यदेखि नियमित चेकजाच र औषधी खाने बिरामीहरुको चाप बढेको छ ।

नियमित रुपमा औषधी खाने तथा नियमित चेकजाचका लागि आउने बिरामीहरुमा सबै सेवा बन्द हुने त्रासका एकैचाटी अस्पताल पुग्दा भिडभाड बढेको अस्पतालले जनाएको छ । पाल्पा अस्पतालमा एक दिनमा मात्रै ४ यसबढी बिरामी अयपाचका लागि पुग्ने गरेको अस्पताल व्यवस्थापन समितिका अध्क्षय नेत्र प्रसाद पाण्डेयले बताए । तर पचारका लागि अस्पताल पुगेका बिरामीहरुले भने आकस्मिक बाहेकका सेवा बन्द हुदाँ आफूहरुलाई सास्ती भएको गुनासो गरेका छन । उपचारका लागि अस्तपालमा आउदा सेवा बन्द रहेको कुरा आफूहरुलाई जानकारी नभएको हुदाँ सास्ती भएको उनीहरुको भनाइ छ । 

सरकारले कोरोना भाईरसको जोखिमबाट बच्नका २५ जना भन्दा धेरै भिड नहुन र अत्यावश्क काम बाहेक घरबाट बाहिर ननिस्कन समेत अनुरोध गरेको छ । पाल्पा अस्पतालले भने स्वास्थ्य मन्त्रालयले चैत ८ गते बसेको बैठकले गरेको निर्णयबमोजिम आकस्मिक सेवा बाहेकका सबै सेवाहरु बन्द गरेको जनाएको छ । 

सरकारले देशका सम्पूर्ण सरकारी अस्पतालमा अत्यावश्क बाहकका सेवा दुई साताका लागि बन्द गर्ने निर्णय गरेको हुदाँ ज्वरोका विरामीलई छुट्टै उपचार गर्ने र अन्य बिरामीलाई उपचार नगरेको अस्पतालका डाक्टर पुष्प ज्ञवालीले जानकारी दिए । उनले ज्वरो र कोरोनाका लक्ष्ण देखिएका बिरामीलाई भन प्राथमिकतासाथ उपचार गर्न आइशुलेसन वार्डको व्यवस्था गरेको बताए । 

हालसम्म पाल्पामा कोरोना भाईरसका लक्ष्ण देखिएका बिरामी नभएपनि सामान्य रुघा खोकिका बिरामी भने बढेका छन । जस्ले गर्दा धेरै बिरामीहरु सामान्य रागको परिक्षणका लागि पनि  अस्पताल जाने गरेका छन । जस्ले गर्दा अस्पतालहरुमा भिड भएको पाल्पा अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर