कञ्चनपुरमा आइतबार राती १२ बजेदेखि घरबाट निस्कन प्रतिबन्ध

काठमाडौं । कञ्चपुरमा आइतबार राती १२ बजेदेखि घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । 

बैठकले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरेको छ ।

यदि सूचनाको बर्खिलाप गरी घरबाहिर निस्किए सुरक्षाकर्मीले कानून बमोजिम कारबाही गर्न सक्ने प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।

प्रशासनले आइतबार रातिदेखि खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायातबाहेक सबै प्रकारका पसल, ब्यवसाय, उद्योग, कलकारखाना बन्द गराउन पनि प्रशासनले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर