• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

टोकियो ओलम्पिक सार्ने विषयमा आइओसी सकारात्मक

एजेन्सी । टोकियो ओलम्पिक गेम्स सर्ने सम्भावना निश्चित भएको छ । विश्वव्यापी रुपमा कोरोना भाइरस फैलिएपछि ओलम्पिक खेल सार्ने विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले छलफल शुरु गरेको हो ।

आइओसीले सो निर्णयका लागि चार हप्ताको समय लाग्ने बताएको छ । कोरोना भाइरसको संक्रमण बिस्तार हुँदै जाँदा खेलाडी तथा राष्ट्रिय ओलम्पिक कमिटिहरुले ओलम्पिक सार्न दबाब दिइरहेका बेला आइओसीको कार्यकारी बोर्डको बैठक आइतबार बसेको हो ।

विश्वभर कोरोनाको प्रभाव थप भयावह बन्दै गएकाले ओलम्पिक सार्ने विषयमा छलफल भएको र चाँडै नै ओलम्पिकको नयाँ सुरुवात मिति तय हुने सम्भावना रहेको आइओसीले जनाएको छ ।

टोकियो ओलम्पिक आउँदो जुलाई २४ मा सुरु हुने पूर्व निर्धारित कार्यतालिका छ । तर अब यो मितिमा खेल सुरु हुने सम्भावना लगभग छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर