• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

सरकारका सबै निर्णय पालना गर्छौं–एलआरआइ स्कुल

काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड(१९ को प्रकोपलाई नेपाल भित्रन नदिन तथा रोकथाम गर्न नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गर्न प्रतिबद्ध रहेको एलआरआई विद्यालयले जनाएको छ ।

केही सञ्चारमाध्यममा एलआरआई विद्यालयले सरकारको निर्णय पालन गर्न अटेर गरेको भन्ने समाचार प्रकाशन भएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै एलआरआई विद्यालयका प्रिन्सिपल डा देवकान्त जोशीले आफूहहरु नेपाल सरकारको निति, नियम र घोषणा तथा निर्देशनहरु पूर्ण रुपले पालन गर्दै आईरहेको र गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार एक विज्ञप्ति प्रकाशीत गर्दे प्रिन्सिपल जोशीले आफूहरु गुणस्तरिय शिक्षा, शैषिक वातावरण र सामाजिक उत्तरदायीत्व प्रति सधै प्रतिबद्ध रहेको र तद्अनुरुपको कार्यहरु गरिरहेको सन्दर्भमा यस शैक्षिक सत्रको कक्षा ९ सम्मको वार्षिक परिक्षाको परिक्षाफल प्रकाशीत गर्ने पुर्व तालिकाअनुरुप नै बेदगुरु नामक एप्लिकेशनमार्फत सार्वजनीक गर्ने विषय अभिभावकहरुलाई जानकारी गराइएको बताए । संचारमाध्यमले त्यसलाई सरकारको घोषणा विपरित विद्यालयमा विद्याथीहरुलाई भेला गरी स्वास्थ्यसँग खेलवाड गर्न खोजेको भन्ने प्रचार गरेको उनको आरोप थियो ।

विद्यालयले बेदगुरु एप्लिकेशनमार्फत चैत १०, ११, १२, १३ र १४ गते परिक्षाफल प्रकाशन गर्ने तालिका सार्वजनीक गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर