• सोमबार १२-१७-२०७६/Monday 03-30-2020/ 03:41 am

ग्लोबल आइएमई बैंकद्वारा राहत कोषमा एक करोड १५ लाख सहयोग

काठमाडौैं ।  ग्लोबल आइएमई बैंकले कोभिड–१९ विरुद्ध लड्न नेपाल सरकारले घोषणा गरेको ‘कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा रु एक करोड योगदान गर्ने निर्णय गरेको छ । सोही प्रयोजनका लागि बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित ‘कान्तिपुर कोभिड–१९ रोकथाम कोष’मार्फत रु १५ लाख आर्थिक सहयोगसमेत उपलब्ध गराउने निर्णय गरेकोे बैंकद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । 

कोभिड–१९ले आम विश्वसमुदायलाई त्रसित बनाइरहेको र नेपाल पनि उच्च जोखिममा रहेको अवस्थामा यस योगदानबाट कोभिड–१९ भाइरसविरुद्ध लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ । बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यमा सहयोग गर्दै आएको र आगामी दिनमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने बताएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राष्ट्र बैंकको सहुलियतः ऋणको किस्ता आगामी असार मसान्तभित्र तिरे हुने (सर्कुलरपत्रसहित)

  • १६ चैत, २०७६

काठमाडौं । विश्वभर सन्त्रास र संक्रमण फैलाइरहेको कोरोना भाइरस ९कोभिड १९० का कारण नेपाली अर्थतन्त्रमा परेको असर न्यूनिकरण र सम्बोधनको लागि नेपाल

बैंक नखुलेर तनावमा हुनुहुन्छ ? एन आई सी का ग्राहकले यी नम्बरमा फोन गर्नुस् समस्या समाधान हुन्छ

  • १६ चैत, २०७६

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको छ । विश्वमा महामारीको रुपमा फैलंदै

आधा सिलिन्डर ग्याँस बजारमा पठाइयो, मूल्य ६७८ रुपैयाँ

  • १६ चैत, २०७६

काठमाडौ‌ं । नेपाल आयल निगमले शनिवारबाट आधा सिलिन्डर ग्यास बजारमा पठाएको छ । ७.१ किलोग्रामको सिलिन्डरलाई ६७८ रुपैयाँ मूल्य तोकेको छ । कोरोना भाइरसको