वाग्मती प्रदेश सरकारद्वारा १० करोडको आपत्कालीन कोषलाई सहयोग

मकवानपुर  ।   वाग्मती प्रदेश सरकारले कोरोना भाइरसको उपचार र नियन्त्रणको लागि आपत्कालीन उपचार कोषको स्थापना गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले रु १० करोडको आपत्कालीन कोषको स्थापना गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए । 

उक्त कोषमा मुख्यमन्त्री पौडेललगायत अन्य मन्त्रीहरु र राजनीतिक नियुक्ति हुनुभएका व्यक्तिले एक महिनाको तलब सहयोग गरेको समेत उनले जानकारी दिए । बैठकले खाद्यान्न तथा दूध आपूर्तिको सहज व्यवस्थापन मिलाउन उक्त सामग्री ढुवानी गर्ने सवारीको सञ्चालनमा छुट दिइनेसमेत निर्णय गरेको छ । 

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकाद्वारा स्थापना भएको कोरोना भाइरस सङ्क्रमण नियन्त्रण उपचार कोषमा एक महिनाको तलब सहयोग गरेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर