• सोमबार १२-१७-२०७६/Monday 03-30-2020/ 03:58 am

कोभिड–१९ः प्रदेश प्रमुख कलौनीद्वारा एक महिनाको पारिश्रमिक सहयोग

सुर्खेत ।  कर्णाली प्रदेशका प्रमुख गोविन्द्रप्रसाद कलौनीले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा प्रतिकार्यका लागि एक महीनाको पारिश्रमिक सहयोग गर्ने भएका छन् । 

नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण उपचार कोष’ मा एक महीनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गरेको कर्णाली प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्ति उल्लेख छ । 

उनले कोरोना भाइरसबाट नआत्तिन, आतंकित नहुन तर अधिकतमरुपमा सचेतना अपनाउन सबै नेपालीमा अपिल गरेका छन्  । प्रदेश प्रमुख कलौनीले जतिसक्दो घरमै सुरक्षित भएर बस्न र नेपाल सरकारले गरेको निर्देशन पालना गर्न सबैलाई आग्रह गरेका छन् । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्णाली प्रदेशका कानुनमन्त्रीले नै गरे कानुनको उलंघन, समाचारदैनिक कर्मीलाई धम्की !

  • १६ चैत, २०७६

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले ३ वटा गाडीलाई मन्त्रालयबाट पास दिएर सार्वजनिक रोडमा चल्न दिएका छन् ।

कोरोना संक्रमण रोकथामको प्रयासमा विराटनगर  

  • १६ चैत, २०७६

विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरस संक्रमणबाट आफ्ना नागरिकहरुलाई जोगाउन पछिल्लो एक महिनादेखि विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै

कोरोना विशेष अस्पतालमा भर्ना भएका एक बिरामीको मृत्यु

  • १६ चैत, २०७६

बुटवल । बुटवलस्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा आइसोलेसनमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ । बैदेशिक रोजगारीबाट हालै स्वदेश फर्केका