• सोमबार १२-१७-२०७६/Monday 03-30-2020/ 02:56 am

गड्डाचौकी नाकाबाट आएका ९५ जनालाई क्वारेन्टाइना राखिँदै

अमरगढी ।  डडेल्धुरा जिल्लामा भारतबाट फर्केका ९५ जनालाई जिल्ला प्रशासन कार्यालय डडेल्धुराले क्वारेन्टाइमा राख्न जिम्मा लगाएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । 

मङ्गलबार सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र गड्डाचौकी नाकाबाट आएका डडेल्धुरा जिल्लाका परशुराम नगरपालिकाका ३९, भागेश्वर गाउँपालिकाका १०, नवदुर्गा गाउँपलिकाका ११, गन्यापधुरा गाउँपालिकाका ९, अजयमेरु गाउँपालिकाका ५, अमरगढी नगरपालिका–१० का १० जना र वडा नं. ९ का ११ जनालाई स्थानीय तहको समन्वयमा सम्बन्धित पालिकामा पठाइएको डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए । 

यस्तै पुरशुराम नगरपालिको त्रिवेणी बहुमुखी क्याम्पसमा ३९ जनालाई क्वारेन्टाइनमा राखिएको र अन्य पालिकाले पनि क्वारेन्टाइनमा राख्ने तयारी गरेको प्रजिअ पन्तले बताए । 

अहिलेसम्म कोरोनाको प्रभाव जिल्लामा नपरेको भए पनि मानसिक र सम्भावित सङ्क्रमणबाट जोगिन सरकार, स्थानीय प्रशासन र स्थानीय सरकारले गरेको अपिल मानिदिन उहाँले आग्रहसमेत गर्नुभएको छ ।  बेलाबेलामा आफू र आफ्नो परिवारको सरसफाइमा ध्यान दिन र घरमै बस्न आग्रह  गरेका छन् । 

एक हप्ताको अवधिमा भारतबाट डडेल्धुरा फर्किएका  एक हजार ५०० जनाको खोजी गरिँदै गरेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । कुन ठाउँमा कतिजना मानिस जिल्ला भित्रिएका हुन् स्थानीय सरकारसँग समन्वय गरी वडा–वडामा स्थानीय जनप्रितिनिधि र स्वास्थ्यकर्मीलाई परिचालन गरी तथ्याङ्क सङ्कलन गरी सेल्फ होम क्वारेन्टाइनमा बस्न लगाइने प्रजिअ पन्तले बताए ।

केही वडामा अटेर गरी घरमा बस्न नमान्नेलाई प्रहरी परिचालन गरी सहयोग गरिएको अमरगढी नगरपालिका–९ का अध्यक्ष भीमबहादुर रोकाले जानकारी दिए ।    डडेल्धुरा जिल्लामा मङ्गलबार लकडाउन गरिए पनि आवतजावत रोकिएको थिएन । आज बिहानैदेखि पूर्णरुपमा लकडाउनको पालना भएको डडेल्धुरा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्णाली प्रदेशका कानुनमन्त्रीले नै गरे कानुनको उलंघन, समाचारदैनिक कर्मीलाई धम्की !

  • १६ चैत, २०७६

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले ३ वटा गाडीलाई मन्त्रालयबाट पास दिएर सार्वजनिक रोडमा चल्न दिएका छन् ।

कोरोना संक्रमण रोकथामको प्रयासमा विराटनगर  

  • १६ चैत, २०७६

विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरस संक्रमणबाट आफ्ना नागरिकहरुलाई जोगाउन पछिल्लो एक महिनादेखि विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै

कोरोना विशेष अस्पतालमा भर्ना भएका एक बिरामीको मृत्यु

  • १६ चैत, २०७६

बुटवल । बुटवलस्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा आइसोलेसनमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ । बैदेशिक रोजगारीबाट हालै स्वदेश फर्केका