अभिनेत्री ओल्गाले जितिइन् कोरोनालाई, पूर्ण रुपमा निको भएको दिइन् जानकारी

 काठमाडौं  ।  कोरोना भाइरसको भएकी पेरिसकी चर्चित अभिनेत्री ओल्गा कुरिलेन्कोले कोरोनालाई जितेकी छन् ।   जेम्स बन्ड शृंखलाको क्वान्टम अफ सलिस फिल्ममा अभिनय गरेकी अभिनेत्री ओल्गाले केहि समयअघि आफुलाई कोरोना संक्रमण भएको जानकारी गराएकी थिइन् । 

अहिले उनी कोरोनाबाट पूर्ण रुपमा ठिक भएको बताइएको छ । कोरोनाबाट पुर्णरुपमा ठिक भएको बारे उनले आफै जानकारी गराएकी छिन् । उनी अस्पतालनै नगई कोरोनाको लडाई जितेको बताइएको छ । 

उनले सामाजिक सञ्जालमा भनेकी छिन –  ‘म पूर्ण रुपमा ठिक भइसकेकी छु । एक हप्तासम्म मलाई निकै गाह्रो भयो किनकि म तेज ज्वरो र टाउको दुखाइका कारण बेडमै थिएँ । दोस्रो हप्ता मेरो ज्वरो हट्यो । तर हल्का कफ र थकान लागिरहेको थियो ।’

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर