• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

स्पेनकी उपप्रधानमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौँ । कोरोनाबाट सबैभन्दा बढी पिडित बनेको स्पेनकी उपप्रधानमन्त्रीपनि कोरोनाको संक्रमणमा परेकी छन् ।

रोयटर्सका अनुसार स्पेनकी उपप्रधानमन्त्री कारमेन काल्भोको कोरोना टेस्ट पोजेटिभ आएको छ । स्पेनिस सरकारले बुधबार उपप्रधानमन्त्री काल्भोको कोरोना टेस्ट पोजेटिभ देखिएको जानकारी दिएको छ ।

यस अघि टेस्ट गर्दा निगेटिभ देखिएको भएपनि मंगलबारको टेस्ट पोजेटिभ देखिएको स्पेनिस सरकारले जानकारी दिएको छ ।६२ बर्षिय उपप्रधानमन्त्री काल्भो अहिले उपचारत रहेको र उनको स्वास्थ्य अवस्था ठिक रहेको विज्ञप्तिमा जनाइएको छ । स्पेनमा अहिलेसम्म कोरोनाबाट ३ हजार ६४७ जनाले ज्यान गुमाएका छन् भने ४९ हजार ५१५ संक्रमित भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर