• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

स्पेनकी उपप्रधानमन्त्रीमा कोरोना पोजेटिभ देखियो

एजेन्सी । स्पेनकी उपप्रधानमन्त्री कारमेन काल्भोको कोरोना टेस्टमा पोजेटिभ देखिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार स्पेनकी उपप्रधानमन्त्री काल्भोको अहिले उपचाररत रहेको जनाएको छ । यस अघि टेस्ट गर्दा निगेटिभ देखिएको भएपनि मंगलबारको टेस्ट पोजेटिभ देखिएको स्पेनिस सरकारले जानकारी दिएको छ ।

६२ बर्षिय उपप्रधानमन्त्री काल्भो अहिले उपचारत रहेको र उनको स्वास्थ्य अवस्था ठिक रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर