• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

दैनिक प्रयोग हुने सामानमा कति समय जीवित रहन्छ भाइरस ?

एजेन्सी । कोरोना भाइरस संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने क्रम तिब्र बनिरहेको छ । विश्वमा ४ लाख ७१ हजार भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भइसके । सो भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार बढी छ । मुख्यतः कोरोना भाइरस व्यक्तिबाट व्यक्तिमा सर्ने गर्छ । 

कुनै संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यूँ गर्दा उनीहरुको शरीरबाट निस्कने कफ वा ओसिला छिटाहरुमा भाइरसहरु हुन्छन् । ठाउँ अनुसार भाइरसको प्रभाव छिटो या ढिलो मानिससमा सर्ने गर्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा हाछ्यु गर्दा खोक्दा मात्रै होइन व्यक्तिले प्रयोग गरेको सामानबाट पनि भाइरस संक्रमण हुन सक्छ । हाम्रै वरपर तपाइले प्रयोग गरेका सामान त कतै भाइरस छैन । विचार गर्नु जरुरी छ । 

त्यसो भए कुन सामानमा कति समय भाइरस जीवित रहन्छ त ?

मेटल (धातु)
उदहारणः लागि ढोकाको ह्याण्डल, गहना, चाँदीका भाँडा
भाइरसको आयुः पाँच दिन

काठ
उदहारणः फर्निचर, सजावटका सामग्री
भाइरसको आयुः चार दिन

प्लास्टिक
उदहारणः बसका सिट, एलिभेटरको बटन, प्लाष्टिक झोला, प्लास्टिक बोटल
भाइरसको आयुः दुईदेखि तीन दिन

स्टीनलेस स्टिल
उदहारणः रेफ्रिजिरेटर, भाँडा, किचन बेसिन
भाइरसको आयुः दुईदेखि तीन दिन

कार्डबोर्ड
उदहारणः सिपिङ्ग बक्स
भाइरसको आयुः २४ घण्टा

कप्पर (तामा)
उदहारणः तामाका भाँडा, पूजा सामान, पानी खाने जग
भाइरसको आयुः चार घण्टा

आल्मुनियम
उदहारणः आल्मुनियमका झ्याल ढोका, भाँडा, बोटल
भाइरसको आयुः दुईदेखि ८ घण्टा

सिसा
उदहारणः गिलास, बोटल, कचौरा, मग
भाइरसको आयुः पाँच दिनसम्म

सेरामिक (माटोका सामग्री)
उदहारणः प्लेट, मग, कचौरा, गमला
भाइरसको आयुः पाँच दिन

कागज
कागजमा कोरोना भाइरसका केही प्रजाति केही मिनेट मात्रै जीवित रहन्छन् भने केही अर भने पाँच दिनसम्म जीवित रहन्छन् ।

खाना
कोरोना भाइरस अहिलेसम्म खानामा पाइएको छैन । तर कुनै पनि फलफुल खानु पूर्व वा तरकारी पकाउनु पूर्व राम्रोसँग पखाल्नु उपयुक्त हुन्छ ।

पानी
कोरोना भाइरस पिउने पानीमा पाइँदैन ।

वेभएमडि डटकमको सहयोगमा

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर