चर्चित बलिउड अभिनेत्री निम्मीको निधन

एजेन्सी ।  बलिउड  अभिनेत्री निम्मीको ८७ वर्षको उमेरमा निधन भएको छ । बुधबार मुम्बईको एक हस्पिटलमा उनको निधन भएको हो ।  बिहिबार उनको अन्त्यष्टि गर्ने तयारी गरिएको छ । 

उनको निधनको खबर ऋषि कपुरले ट्वीटर मार्फत दिएका हुन् । राज कपुरले आफ्नो फिल्म ‘बरसात’ मा उनलाई डेब्यु गराएका थिए । नवाब बानोको रुपमा जन्मिएकी उनलाई राज कपुरले नै ‘निम्मी’ नाम दिएका थिए । ‘बरसात’ हिट भएपछि उनलाई धेरै फिल्महरुको अफर आउन थालेको थियो । उनले ‘उड़न खटोला’, ‘आन’, ‘दाग’, ‘अमर’,  ‘मेरे महबूब’, ‘पूजा के फूल’ निर्बाह गरेको चरित्रहरु अहिले पनि दर्शकहरुको मनमा बस्न सफल छन् ।। 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर