• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कोरोना भाइरसको संक्रमणबाट बच्न दैनिक खानुस् यी खानेकुरा  !

काठमाडौं । विश्वव्यापी रुमा फैलिएको कोरोना भाइरसको कारण विश्वमा दिनहुँ हजारौँ मानिसले ज्यान गुमाइ रहेका छन् । सामान्य रुघा खोकीको लक्षण देखिने यो भाइरसले विशेषा गरी रोग प्रतिरोधात्म क्षमता कमजाेर भएका व्यक्तिहरुलाई छिटो आक्रमण गर्ने छ । 

नेपालको कुरा गर्ने हो भने बिहिबारसम्म नेपालमा ३ जना कारोना संक्रमणको विरामी देखा परेका छन् भने एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । दुइ जना टेकु अस्पतालमा उपचार गराइरहेका छन् । 

भाइरसले आक्रमण गरेको केही समयसम्म पनि यसको लक्षण नदेखिने हुँदा यतिबेला कसलाई भारइसरले आक्रमण गरिहेको छ भन्ने कुरा पत्ता लगाउन निकै गाह्रो छ । तर कोरोना भाइरसले रोगसँग लड्न सक्ने क्षमतालाई कमजारे बनाउँने हुँदा हामीले हाम्रो दैनिक खाने आहारमा विशेष ख्याल गर्न आवाश्य छ । 

चिनियाँ स्वास्थ्य विशेषज्ञहरुले बताए अनुसार कोरोना भाइरसबाट बच्नको लागि हामीले हाम्रो खनापानमा विशेष ख्याल गर्नुपर्छ । त्यसैले हामीले खाने खानामा अत्याधिक मात्रामा एन्टिभाइरल फ्रुडको प्रयोग गर्नुपर्छ । जसले गर्दा रोगसँग लड्न सक्ने क्षमतालाई बढाउँनुको साथै भाइरसबाट सुरक्षित  राख्न मद्दत गर्छ । 

जस्तै : 
नरिवलको तेल : हामीले दैनिक रुपमा भान्समा प्रयागे गर्ने अन्य तेलको सट्टा नरिवलको तेल प्रयाग गर्न आवश्यक छ । यो तेलमा लोलिरक एसिड र क्यापोरिक एसिडको मात्रा धेरै हुन्छ जसले हाम्रो रोगप्रतिरोधात्म क्षमतालाई बढाउँन मद्दत गर्नुको साथै भाइरलबाट सुरक्षित हुन सघाउँने छ । 

भिटामिन सी : भिटानि सीमा एनिट अक्सिजन पाइन्छ । भिटामिन सी भित्र, अमला, सुन्तला ,कागती, मेवा लगायतका फलफूलहरु पर्दछन् । हामीले दैनिक खाने खानामा भिटामिन सी भएका खानुरा प्रशस्त मात्रामा मिसाउँन सकेमा रोग प्रतिरोधात्म क्षमतामा बृद्धि हुनुको साथै भाइरसको संक्रमणबाट पनि जोगाउँछन् । 

अंगुर स्टोबेरी : अंकुर, स्टोबेरी र र्डाक चक्लेटले हाहीलाई सामान्य भाइरसबाट मात्र बचाउँदैन यसले रोगप्रतिरोधात्म क्षमतालाई पनि बृद्धि गर्छ । यस प्रकारको खाने कुरा खाँदा अन्य भाइरसले पनि सजिलै आक्रमण गर्न सक्दैन । 

सुप : सामान्य रुपमा सुप खामामा स्वादको लागि प्रयोग गरिन्छ तर आज भोली एन्टि भाइरस औषधीकोे रुपमा पनि सुपको प्रयोग गर्ने गरिन्छ । यसमा सिग्नेड एसिडको मात्रा हुन्छ  । यसलाई सामान्य भाइरसले आक्रमण गरेका विमारीलाई पनि दिइने गरिनछ । यसले रोगसँग लड्न सक्ने क्षतालाई पनि सञ्चय गरेर राख्छ । 

अदुवा : सामान्य तयहा हामी रुघा खोकी लागेको समयमा यसलाई पानी उमालेर पिउँने गछौँ । साथै अदुवा चिया पनि खुख खान्छौं । अदुवामा कयौँ किसिमका एन्टि वाइरल तत्व पाइन्छ त्यसैले हामीले खाने खानामा यसको प्रयागे गर्नु निकै राम्रो हुन्छ ।  अदुवाको रसलाई विशेष गरी कागतीको रस र महमा प्रयो गरियो भने शरीरमा छिटने काम गनर्छ । दिनमा ३,४ पटक अदुवको प्रयोग गरेमा रोगसँग लड्न सक्ने क्षमतालाई बढाउँन मद्दत गर्ने छ । 

तुलसी : तुलसीको पत्तालाई सामान्य रुपमा पानीमा उमालेर खने गरिन्छ । यसमा विभिन्न किसिमको तत्व पाइन्छ । सामान्य रुघा खोकी लागेको मानिसले तुलसीको पत्तालाई पानीमा उमारेर पिउँदा निकै फाइदा हुन्छ । दैनिक रुपमा केही मरिसजको साथमा तुलसीको पत्ता अथवा डाठलाई उमालेर पिउँदा हाम्रो रोग प्रतिरोधातम क्षमतामा बृद्धि हुन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर