• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

गुल्मी मदानेमा होम क्वारेन्टाइन तयारीका लागि पन्थीले दिए सिंगै घर

गुल्मी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले आधा विश्व लकडाउन राखेसँगै सहयोगी हातहरु पनि अघि बढेका छन् । विदेश र शहरबाट गाउँ पस्नेको लर्कोसँगै गाउँसमेत त्रसित बनेको बेला गुल्मी मदाने गाउँ पालिकामा एक मनकारीले होम क्वारेन्टाइनका लागि सिंगै घर दिने घोषणा गरेका छन् ।

गुल्मी मदाने गाउँ पालिका–७ का गोपाल पन्थीले दुई तले घर होम क्वारेन्टाइनका लागि स्थानीय सरकालाई दिने घोषणा गरेका छन् । ६ कोठे उक्त भवनमा बिजुली, पानी, यातायातको पहुँच पुग्ने स्थानमा छ ।

‘गाउँको बस्तिभन्दा अलिक एक्लो छ घर । हामीले केही गर्न नसके पनि वडामा भैपरी आउन सक्ने संक्रमणबाट बच्न होम क्वारेन्टाइनको मापदण्डमा रहेको घर दिने घोषणा गरेको छु‘, पन्थीले भने– ‘गाउँको बस्ति भन्दा अलिक एक्लो पनि छ घर । संक्रमणबाट बच्न र बाँच्न उपयुक्त भएकाले स्थानीय सरकारलाई घर दिन तयार छौं ।‘ पन्थीको घर वडा कार्यालय भन्दा ५ सय मिटर पर अवस्थित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर