अभिनेता लुकाले बहिनीको शवसँग बनाएको यो दर्दनाक भिडियो जसको लास २ दिनदेखि ओछ्यानमा छ (भिडियोसहित) 

 काठमाडौं । सामाजिक सञ्जालमा यतिबेला इटालीका चर्चित अभिनेता लुका फ्रेंजीले सेल्फ आइसोलेसनमा बनाएको एक भिडियो भाइरल भएको छ । 

लुकाले  केहि समय अघि एक दर्दनाक भिडियो पोष्ट गरेका थिए । भिडियो मार्फत उनले कोरोनाको कारण मृत्यु भएकी आफ्नो बहिनिको लाश २ दिन सम्म घरमै राख्न बाध्य भएको बताएका थिए । उनका अनुसार बहिनिको अन्तिम संस्कारको लागि उनलाई साथ दिन कोहि पनि तयार थिएनन् ।

उनले बहिनिको मृत्यु भएपछि आफुले प्रशासनलाई खबर गरेर प्रतीक्षा गरेको तर कोहि पनि नआएको भन्दै यो क्षण र भिडियो उतार्नु आफ्नो लागि अत्यन्तै दर्दनाक रहेको बताएका छन् । 

उनले खाटमा रहेको बहिनिको शव देखाउदै, रुँदै ‘म एक्लैले मेरो बहिनिको शव कहाँ लैजाउँ र अन्तिम संस्कार कसरि गरौँ ?’ भन्ने प्रश्न गरेका छन् । आफुले धेरै जनासँग मद्धत मागेको तर कसैले पनि जवाफ नदिएको उनले बताएका छन् । आफ्नो पनि कोरोना परिक्षणको लागि पनि मान्छे बोलाएको तर कोहि नआएको भन्दै उनले दुखेसो पोखेका छन् ।

उनले बनाएको भिडियोको पछाडी उनको बहिनीके शव देखिएको छ । उनले यो भिडिाये बुढापाका र बच्चालाई नहेर्न आग्रह समेत गरेका छन् । इटालीको अवस्था अहिले भयाबह छ । इटालीको लकडाउन पनि प्रभाब बिहिन जस्तै भैसकेको छ। ६ करोड जनसंख्या भएको देशमा ७ हजार ५ सयको मृत्यु भैसकेको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर