• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कोरोना संकटकाबीच अब हामीले भविष्यको कल्पना यसरी गर्नुपर्छ  

१६ वर्षअगाडि, जुन समय चिकित्सा क्षेत्र आनुवांशिक परीक्षणको सुरुवाती समय थियो, मैले स्तन तथा डिम्बग्रन्थीको क्यान्सरको जोखिमको वृद्धिसँग सम्बिन्धत(एक प्रकारको ‘बिआरसीए म्युटेशन’) एक ‘पोजेटिभ’ रिपोर्ट मैले प्राप्त गरे । त्यसपछि मैले चिकित्सक तथा आनुवांशिक परामर्शदाताहरुसँग साक्षात्कार गर्न सुरु गेर ताकि यसको नियन्त्रणका लागि के–कस्ता शल्यक्रिया गर्न सकिन्छ भनी तय गर्न सकियोस् । 

मैले चाँडै बुझिहाले कि क्यान्सर रोकथामसम्बन्धि विज्ञानमा एक सुरुंगी–दृष्टिको कमी थियोः मलाई शल्यक्रियाका लागि परामर्श दिइएको थियो, जसले ममा क्यान्सरको जोखिमलाई कम गर्नेछ, तर अन्य स्वास्थ्य जोखिमहरुलाई भने बढाउनेछ । मैले ठट्टामै भने – क्यान्सरको रोकथाम जति छिटो सफल हुनेछ त्यति नै छिटो म अर्को कुनै कारण मर्नेछु । 

मलाई दिइएको चिकित्सकीय सल्लाह गलत थिएन भन्ने कुराले मेरो पूर्वानुमानलाई अझ बढी कठिन बनाइदियो । रोकथामका लागि हुने शल्यक्रियाहरु नै मेरा लागि लामो जिन्दगी बाँच्ने सबैभन्दा उत्तम विकल्पको रुपमा उपलब्ध थियो । 

तर, यी शल्यक्रियाहरुले मेरो स्वास्थ्यमा कस्तो असर पुर्याउँछ भन्ने वास्ता नगरिकनै यस्तो सल्लाहहरु दिइएको थियो । मैले आफ्नो जोखिमपूर्ण, अनिश्चिततापूर्ण र अपरिवर्तनीय प्रकृतिका निर्णयका बारेमा  निक्कै घोत्लिए । 

अन्ततः मैले शल्यक्रिया गर्ने विकल्प नै छाँने । र अहिले म मेरी आमा वा उहाँकी काकीभन्दा पनि बुढी देखिन्छु, जोसँग पनि ‘म्युटेशन’को समस्या थियो । तर, शल्यक्रियाले मलाई भित्रैबाट परिवर्तन गरायो । अब मेरो जिन्दगी मेरो शरीरमा गरिएको यस्तो हस्तक्षेप अघि जसरी निरन्तर छैन । मलाई केही परिवर्तन मनपर्छ र अन्यमाथि पछुतो लाग्छ । र मलाई यो पनि थाहा छ कि यदि मैले आफ्नो निर्णयहरुको अनपेक्षित परिणामहरुप्रति सचेत नरहेको भए आज मेरो स्वास्थ्य र मेरो जीवनको गुणस्तर निक्कै खराब हुनेथियो । 

यतिबेला अमेरिकामा पनि हामी, एक सामाजको रुपमा, जसरी मेरो शरीरका लागि म, उस्तै गम्भिर परिस्थितिमा छौँ । नोबेल कोरोनाभाइरसको विश्वव्यापी महामारीबाट हामी आफूँलाई बचाउनका लागि जुन उपायहरु गरिरहेका छौँ यसले आधारभूत, सम्भवतः अपूरणीय तरिकाले हामीमा परिवर्तन ल्याइरहेको छ । 

लकडाउन गरेर र देशभर विभिन्न प्रकारका आपतकालीन शक्तिहरुलाई तैनाथ गरेर हामी हाम्रो अर्थतन्त्र, हाम्रो सामाजिक बनावट र हाम्रो राजनीतिक प्रणालीलाई नष्ट गरिरहेका छौँ । हामी कहिल्यै समान रुपले रहँनेछैनौँ । 

चाहे हामी अझ राम्रो वा अझ खराब दुवैका लागि परिवर्तन होऔँ, यो कुरा यस महामारीबाट बच्न सावधानीहरु अपनाउने क्रममा हुने नोक्सानबाट कति प्रभावित हुन्छौँ भन्ने कुरामा भरपर्छ ।

अर्थतन्त्रमा अप्रत्याशित झट्का लागिसकेको छ । दशौँ हजार मानिसले रोजगार गुमाएका छन् र आगामी केही सातामा सयौँ मानिस बेरोजगार बन्नेछन् । अघिल्ला केही साताअघिको भन्दा धन, अवसर र स्वास्थ्य हेरचाहको पहुँचमा हुने असमानताहरु अझै बढिरहेका छन् । 

स्कूल बन्द, घरबाट काम गर्ने, सामाजिक दूरी, आरक्षण लिइने ठाउँ आदिका कारण सामाजिक संरचनालाई अभूतपूर्व तरिकाले भत्काइँदैछ । हामी परिचित तथा अपरिचित साथीहरुसँग एक दिनमा दर्जनौँ अनुभवहरु सुनाउने गर्थ्यौँ । मेट्रोबाट यात्र गर्नुदेखि लिएर अफिसको कामसम्म, लञ्चमा लामबद्ध लागेको, कन्सर्ट जाने, रेष्टुरेन्टमा खाने, साथीभाईसँग गफगाफ, यी सबै बिर्सिएर खाली कुनै भाइरसको डरका कारण हामीले ‘आइसोलेसन’ छान्न बाध्य भएका छौँ । 

हाम्रो राजनीतिक प्रणाली असाधारण तनावमा परेको छ । सर्वोच्च अदालतले मुद्दाहरु सारेको छ । न्याय विभाग चरम शक्तिहरुको खोजी गरिरहेको छ । ट्रम्प प्रशासन संकटलाई आफ्नो एजेण्डाको अझ चरम संस्करणको माध्यमबाट माथि उठाउने अवसरको रुपमा प्रयोग गरिरहेको छ । राष्ट्रपति अब खाली ट्विटरमा मात्रै होइन, राष्ट्रिय टेलिभिजन लाइभमा पनि झुट बोलिरहेका छन् । यतिसम्म कि ब्रिफिङका समयमा पनि उनी आफ्नो र्यालीहरुको ढाँचामा प्रकट हुन्छन् । चुनावी अभियानहरु निलम्बित हुने अवस्थामा छन् । सीमाहरु कठोर रुपले बन्द भएका छन् । संघीय स्तरमा, कोरोनाभाइरसले कंग्रेसको कामलाई अपांग बनाउँने सम्भावना छ । 

स्थानीय स्तरमा, नगरका सम्पूर्ण काउन्सिल, स्कूल तथा सामुदायिक छलफललाई क्वारेन्टाइनले बन्द हुने अवस्थामा पुर्याएको छ । स्थानीय सञ्चारमाध्यमलाई कोरोनाभाइरसको संक्रमणको खतराले प्रभावित पारेको छ । 

केही साताअघि थुप्रै हाईप्रोफाइल लेखकहरुले महामारी विरुद्ध उठाइएको आपतकालीन उपाहरु निक्कै कठोर हुने सम्भावना व्यक्त गरेका थिए । टाइम्स पत्रिकामा लेखिरहेका येल विश्वविद्यालयका शोधकर्ता भेभिड काट्जले महामारीको जोखिम अत्याधिक रहेको तर्क गरेका थिए । द पेपरका विचार स्तम्भकार टोमस फ्रायडमेनले यस तर्कलाई प्रतिध्वानित गरे । तर, अब समस्या यो हो, महामारी फैलिन नदिने पर्याप्त समयलाई ट्रम्प प्रशासनले खेर फालेपछि, व्यापक परीक्षणको स्थापना गर्ने र अतिरिक्त अस्पताल सुविधाहरुको निर्माण गर्नु आवश्यक होइन, शायद अब अपर्याप्त छ । 

हामी ‘अधिनयाकवादी’ शब्द निक्कै प्रयोग गर्छौँ, सामान्यतया यसको अर्थ जे पनि हुनसक्छ, जुन ‘लोकतान्त्रिक’भन्दा कमै बुझ्छौँ । तर, यसको टेक्निकल परिभाषा हुन्छ, एक शासन जसमा एक व्यक्ति वा मानिसको एक समूहले राजनीतिक जीवनमा सार्वजनिक सहभागीता बिनै सम्पूर्ण सरकारी निर्णय गर्छन् । 

जब हामी एक व्यक्तिलाई सबै अधिकार सुम्पिन्छौँ भने हामी यस्तो समाजको निर्माण गरिरहेका हुन्छौँ, जो अधिनायकवादको पाठ्यपुस्तकीय परिभाषाको नजिक हुन्छ, जुन कहिल्यै अस्तित्वमै थिएन । 

त्यसोभए हामी के गर्न सक्छौँ, जबकि यतिका आर्थिक, सामाजिक र राजनीतिक नोक्सान भइसकेको छ ? हामीले यस नोक्सान र भविष्यको बारेमा सोच्न थाल्नुपर्छ । हामी जुन भाइरसबाट बच्न जे प्रयास गरिरहेका छौँ, यसले सामाजिक रुपले हामीलाई मारिरहेको छ भन्ने हामीले बुझ्न जरुरी छ । हामीले सामाजिक संरचनालाई पुनर्स्थापना गर्नमा प्राथमिकता दिनुपर्छ । 

यस परियोजनाका लागि आवश्यक एक उपकरण हो ‘एन्टीबडी’ परीक्षण । यसले के मानिसमा यो कोरोनाभाइरस पहिलेबाट थियो ? भन्ने कुरा बताउँछ । (नोबेल कोरोनाभाइरसका लागि एन्टीबडी टेस्ट छ, तर धेरैजसोका लागि उपलब्ध छैन । यसले मानिसमा उक्त भाइरसको संक्रमण छ कि छैन भनी परीक्षण गर्छ । जो व्यक्ति कोरोनाभाइरसबाट ठिक भइसकेका छन् वा भाइरसको संक्रमण छैन उनीहरुमा नेगेटिभ रिपोर्ट आउँछ ।) 

हाल जो मानिस यस भाइरसको संक्रमणबाट निको भएका छन्, उनीहरुमा प्रतिरक्षा प्रणाली कमजोर पाइएको छ । पर्याप्त समयसम्म क्वारेन्टाइनमा राखिएका मानिसलाई अस्पतालमा स्वयमसेवक बनाउने र सेवा प्रदान गर्नका साथसाथै विद्यालयमा खाना तथा सेवा दिने काममा लगाउन सक्छौँ । प्रतिरक्षा प्रणाली बलियो भएकाले नयाँ संक्रमणलाई रोक्नमा मात्रै मद्दत गर्दैनन्, केही असमानताहरु, जसले संकटलाई बढाइरहेका छन् लाई पनि कम गर्न मद्दतमा बुद्धिमानीपुर्वक परिचालन गर्न सकिन्छ । 

यस्तो परिचालन खाली नीजि क्षेत्रमा मात्रै नभएर केही संख्यामा मात्रै भएपनि सरकारी तवरले पनि  संलग्न गराउँन आवश्यक छ । न्यू अमेरिकाकी कार्यकारी प्रमुख अन्नेम्यारी स्लटर टाइम्स पत्रिकामा लेख्छिन्, निको भएका अमेरिकीहरुको ग्यारेन्टी स्थानीयले गर्छन्, विशेषगरी गैर–सरकारी संस्थाहरुले । तर यसले सरकारलाई अंकुश लगाउनबाट छुट मिल्छ ।

यस संकटले हामीलाई भविष्यमा उल्झिने स्लटरको तर्क छ । कर तिरिरहेका अमेरिकीलाई सिधा नगद दिनु, जसलाई सरकारको राहत प्याकेजमा सहभागी गरिएको छ, उनीहरुलाई वैश्विक आधारभूत आयको एक अप्रत्याशित राष्ट्रव्यापी परीक्षण केन्द्र प्रदान गरिन्छ, दूर शिक्षाले उच्च शिक्षाका लागि अझ सुलभ र अझ न्यायपूर्ण हुने मार्ग प्रशस्त गर्नसक्छ, दूरसञ्चारमामा भारी वृद्धिले प्रदूषणलाई कम गर्नसक्छ र अचल सम्पतिलाई मुक्त गर्न सक्छ, जसलाई कार्यालयबाट आवासमा परिवर्तन गर्न सकिन्छ । 

यी सबै वास्तविक हुनसक्छन् । तर, यो वास्तविकतामा परिणत हुन कति महिना वा वर्ष लाग्नसक्छ ? भन्ने कुरा हामी यसलाई र हाम्रो बारेमा कस्तो सोच्छौँ भन्नेमा निर्भर रहन्छ । 

उदाहरणका लागि, के हामी वैश्विक आधारभूत आयलाई संशाधन वितरणको नयाँ दृष्टिकोणको रुपमा लिन सक्छौँ ? के हामी दूर शिक्षालाई अझ सुलभ बनाउँने उपायको रुपमा वा कलेजका लागि प्राध्यापक र कक्षाकोठामा पैसा बचाउँनको रुपमा सोच्न सक्छौँ ? साना बालबालिका लागि स्कूललाई माता–पिता काममा जाँदा छोड्ने ठाउँभन्दा पनि सिकाईमा संलग्न गराउने तरिकाको रुपमा सोच्न सक्छौँ ? के हामी हाम्रा सार्वजनिक स्थानहरुलाई नयाँ तरिकाले बनाउनमा ध्यान दिनसक्छौँ ? के हामीसँग संसारलाई बदल्ने प्रयास वा साहस छ, जसलाई हामीले गुमाएका छौँ ? 

हाम्रो ट्र्याक रेकर्ड निक्कै खराब छ । हामीले समाजको मूलभूत समस्याहरुलाई समाप्त गरेर संकटलाई जवाफ दिएका छौँ, जसमा स्वयम संकटको मूल कारण पनि सहभागी छ । सेप्टेम्बर ११ घटनाप्रति हाम्रो प्रतिक्रियाले नागरिक स्वातन्त्रता र मानवाधिकारलाई त्याग गरेको छ । सन् २००८ को वित्तीय संकटमा हाम्रो प्रतिक्रियाले अझ बढी सम्पतिमा असमानतालाई बढाएको छ । 

यदि कोरोनाभाइरस महामारीलाई लिएर पनि हाम्रो प्रतिक्रिया उही ढाँचामा जान्छ भने अगाडीका संकटको संभावना बच्चाको खेल जस्तै हुनेछ । यदि हामी अधिनायकवादी शक्ति उत्पादन गरिरह्यौँ भने, यदि हामी देशव्यापी लकडाउनमा चलिरह्यौँ भने, यदि हामी सदाचारी महशुस गरिरहेका छौँ, किनकि हामी घरमै बसिरहेका छौ र केही पनि गरिरहेका छैनौँ । यी सबै हामी गरिरह्यौँ भने हामीले कोरोनाभाइरसको सबैभन्दा खराब परिणामलाई त रोक्न सफल हुनेछौँ, तर यस प्रक्रियामा हामी आफैँलाई समाप्त पारिरहेका हुनेछौँ ।   - The New Yorker को सामाग्री समाचार दैनिकका लागि गिता सुब्बाले अनुवाद गरेकी हुन् 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर