• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कोरोना विरुद्ध सन्दीपको हातेमालोः सरकारी कोषमा १ लाख सहयोग

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार क्रिकेटर सन्दीप लामिछानेले कोरोना भईरस विरुद्धको अभियानमा हातेमालो गर्ने भएका छन् । सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा उनले रु  एक लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले बिहीबार साँझ समाजिक सञ्जालमार्फत सो कोषमा उक्त सहयोग गर्ने घोषणा गरेका हुन् ।  “कोषमा रु एक लाख दिने घोषणा गर्दछु, यस्तो सङ्कटको बेलामा हामीले कसैलाई बिर्सिनुहुन्न”, उनले ट्वीट गर्दै भनेका छन् । 

सन्दीपले महामारीका  समयमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै कोरोना भाइरसबाट सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारद्वारा स्थापित कोरोना कोषमा विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम बढ्दै गएको बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर