• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नेपाल हुँदै चीन तस्करी हुने सालकमा कोभिड–१९ सँग मिल्दोजुल्दो भाइरस भेटिएको पुष्टि

एजेन्सी । चीनमा तस्करी गरेर पुर्याइएका सालकमा कोभिड–१९ सँग मिल्दोजुल्दो भाइरस पाइएको पुष्टि भएको छ । 

भविष्यमा यस प्रकारका संक्रमण रोक्नु छ भने जंगली जनावरको बजारमा जनावरको बिक्री पूर्ण रुपले प्रतिबन्ध लगाउनु पर्ने एक अन्तराष्ट्रिय समूहले सुझाएको छ । 

सालक एक यस्तो स्तनधारी जीव हो, जसको मासु खाने र परम्परागत औषधीमा प्रयोग गर्नका लागि सबैभन्दा बढी अवैध तस्करी गरिने जीवमा पर्छ । हाल चमेरालाई कोरोना भाइरसको मूल श्रोत बताइदैछ, जुन भाइरस अन्य कुनै जीवनको माध्यमबाट मानिससम्म पुगेको बताइएको छ । 

अति दुर्लभ बन्दै गएको सालक नेपालबाट पनि तस्करी गर्ने क्रममा थुप्रै चिनियाँ नागरिक पक्राउ परिसकेका छन् । दुई वषअघि ठूलो परिणाममा सालकको खपटा तस्करी गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ परेका थिए । 

उनीहरुले कंगो र स्तानबुल हुँदै एक सय ६१ किलो सालकको खपटा ६ वटा सुटकेसमा ल्याएको पाइएको थियो । चीन, भियतनाम, लाओसलयात मुलुकमा तस्करी हुँदै आएको विशेषगरी सालकको खपटा चीनमा औषधिसँगै रक्सीमा खपटा प्रयोग गरिन्छ।

पक्राउ परेका चिनियाँ नागरिकले दिएको बयानअनुसार सालकको खपटा पाइल्सको औषधिसँगै अन्य औषधि बनाउने प्रयोजनमा प्रयोग हुँदै आएको छ । टाँक बनाउन पनि खपटा प्रयोग गर्छन् । एसिया र अफ्रिकामा सबैभन्दा बढी मारिने र व्यापार हुने जनावरको सूचीमा सालक अग्रपंक्तिमा पर्छ। 

विश्वमा चार किसिमका सालक पाइन्छ, तीमध्ये दुई किसिमको अफ्रिकामा मात्रै र दुई किसिमको एसियामा मात्रै पाइन्छ।

एउटा जवान सालकबाट एक किलो खपटा निस्किन्छ। किलोको एक लाख रुपैयाँ अवैध मूल्यमा सालकको खपटा बिक्री हुँदै आएको ब्युरोले जनाएको छ। नेपालमा सालक महाभारत र चुरे पहाडमा बढी पाइन्छ। 

मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, दोलखालगायत मध्यपहाडी जिल्लामा सालक पाइन्छ। एसियामा पाइने दुईखालको (कालो र सेतो) सालक नेपालमा पनि पाइन्छ । नेपालको पूर्वी भेगमा भारतका विभिन्न क्षेत्रबाट सङ्कलन गरी ल्याइएको सालकको खपटा काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्ने र संखुवासभाको किमाथान्का नाकाबाट तिब्बत, चीन प्रवेश हुने पनि गरेको बताइन्छ ।

साइटिस सन्धि २ अनुसार चीनमा समेत सालक चोरी सिकारी र यसको खपटा बिक्री–वितरणलाई अवैध मानिन्छ ।

के भन्छ अध्ययनले ? 

नेचर जर्नलमा प्रकाशित एक नयाँ शोध पत्रमा शोधकर्ताहरुले भनेअनुसार, उनीहरुको वंशाणुगत डाटालाई हेर्दा यी जनावरलाई लिएर अतिरिक्त सावधानी अपनाउनुपर्छ र बजारमा यी जीवको बिक्रिमा कडा प्रतिबन्ध लगाउनुपर्छ । 

चीन र दक्षिणपूर्वी एसियाको जंगलमा पाइने सालकमा अतिरिक्त ध्यान दिन आवश्यक रहेको शोधकर्ताले बताएका छन् । किनकि कोरोना भाइरसबाट बच्नका लागि उनीहरिुको भूमिका र भविष्यमा मानिसमा यसको संक्रमणको खतराका बारेमा बुझ्न सकियोस् । 

कमिला खाने यस स्तनधारी जीवको विश्वमा सबैभन्दा बढी तस्करी हुने बताइन्छ, जसका कारण पनि यो लोप हुने अवस्थामा रहेको छ । यस जीवको खाल एसियामा पारम्परिक चिनियाँ औषधी बनाउँनका लागि उच्च माग रहने गरेको छ । 

चीनको उहान सहर यस्ता जंगली जनावरको मुख्य बजारको रहेको बताइन्छ । यस्तो अवस्थामा नोवेल कोरोना भाइरस सालकबाट पनि मानिसमा सर्न पुगेको हो भन्ने आशंका उब्जिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर