भारतबाट आएका ३७ जना नेपाली पाल्पास्थित क्वारेनटाइनमा

पाल्पा । विश्वभर फैलिएको कोराना भाइरसको रोकथामका लागि पाल्पामा भारतबाट आएका नागरिकलाई स्थानीय तहहरुले क्वारेन्टाई निर्माण गरि राख्न व्यवस्था गरेका छन । भारतमा काम गर्ने ३७ नेपालीलाई जिल्लास्थित दुई स्थानीय तहले क्वारेन्टाईनमा राखेका हुन ।

छिमेकी मुलुक भारतबाट आएका ३७ जना नेपालीलाई जिल्लाको तानसेन नगरपालिकाको वर्तुङस्थित जनप्रिय माध्यमिक विद्यालय र बगनासकाली गाउँपालिका–१, चिर्तुङधारामा रहेको ग्राम्य माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

भारतबाट आएका २६ जनालाई जनप्रिय माध्यमिक विद्यालय र११ जनालाई ग्राम्य माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको नेपाली सेनास्थित गोरखदल गलको सहयोगमा स्वास्थ्य परिक्षण गरि  तत्काल सम्बन्धित गाउँपालिकामा रहेका क्वारेन्टाइनमा पुर्याउने तयारी भएको बगनासकाली उपाध्क्षय सरस्वती चिदीले बताइन । 

भारतबाट धनगढीको गड्डाचौकी नाका हुँदै नेपाल आएका ३७ जनामध्ये ३३ जना पाल्पा र ४ जना बागलुङका रहेका छन । सरकारले स्वदेशमा आएर सुरक्षित रुपमा बसाल्ने व्यवस्था गर्दा आफूहरु खुसि भएको उनिहरुको भनाई छ । 

रामपुर घर भई भारतमा काम गर्दै आएका कपिल रिजालले सरकारले व्यवस्था गरेर सुरक्षित रुपमा घर आउन पाउदाँ खुसि लागेको बताए । उनले आफूहरुमा कुनै लक्ष्यण नदेखिएपनि घर परिवार र समाजसंग छुट्टै बसेर सहयोग गर्न आफूहरु तयार रहेको बताए ।

जिल्लाका दशै स्थानीय तहमा भारतबाट आएका तथा कोरोना भाईरसको लक्ष्ण देखिएका बिरामीको पहिचान गरि क्वारेनटाईनमा राख्ने तयारी भइहेको छ ।

पाल्पामा हालसम्म कोरोनाको लक्ष्ण देखिएका बिरामी नभेटिएपनि भारतबाटा आउनेहरुको संख्या धेरै रहेको हुदाँ उनिहरुको पहिचानका लागि स्वास्थ्यकर्मीहरु गाउँगाउँमा परिचालन गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर