• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

काठमाडौं महानगरले विदेशबाट आएका नेपालीको अभिलेख राख्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले विदेशबाट फर्किने सबै नागरिकको अभिलेख राख्ने भएको छ । आगामी १८ गतेपछि विदेशबाट फर्किने सबै नागरिकको महानगरले अभिलेख राख्ने भएको हो । 

जसका लागि महानगरले सबै वडा कार्यालयहरुलाई परिपत्र समेत गरेको छ । महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको निर्देशन अनुसार प्रशासन विभाग प्रमुख नमराज ढकालले ३२ वटै वडालाई पत्रलेखी आग्रह गरेका समेत गरेका छन् ।

विश्वमा महामारीको रुपमा फैलँदै गएको कोभिड १९ (कोरोना भाइरस) नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गरेपछि केही असहज बनेको नगरवासीको जीवनयापनलाई सकेसम्म सहज बनाउन महानगरले यस्तो गरेको बताइएको छ ।

‘आफ्नो वडा अन्तरर्गत दैनिक ज्यालादारी, मजदुरी गर्ने तथा सडकमा बस्ने घरबार बिहीन मानिसलाई लक्षित गरी कोभिड–१९ रोकथाम र नियन्त्रणको लागि वडामा जम्मा भएको रकमबाट खर्च व्यहोर्ने गरी आवश्यक राहत सहयोग उपलब्ध गराउने,’ पत्रमा भनिएको छ, ‘वडामा अति विपन्न र छ महिनादेखि वडा क्षेत्रमा बसोवास गर्दै आएका श्रमिक कामदारहरुको विवरण संकलन गरी कामपा प्रशासन विभागमा बुझाउने ।’

त्यसैगरी विदेश भ्रमण गरी मार्च १, २०२० (२०७६ फागुन १८) देखि हालसम्म वडामा वसोवास गर्दै आएका नागरिकको अभिलेख तयार गर्न र उनीहरु के–कस्तो अवस्थामा बसेका छन् सो को विवरण सहित लगत तयार गरी पठाउन पनि सबै वडालाई आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर