• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कोरोना कहर : इटालीपछि नयाँ केन्द्र बन्दै स्पेन, २४ घन्टामा ७१८ ले गुमाए ज्यान

काठमाडौं । चीनको वुहान शहरबाट सुरु भएको कोभिड १९ कोरोना भाइरसको महामारीले यतिबेला विश्वभर सन्त्रास छाइरहेको छ । विश्वका १९ढ देशमा यो भाइरस पुगिसकेको छ । भने, कोरोनाका कारण विश्वभर २४ हजार ९३ जना मानिसले ज्यान गुमाइसकेका छन् । 

कोरोना भाइरसको कारण स्पेनमा बिहीबार सबैभन्दा धेरै ७१८ जनाले ज्यान गुमाए । इाटलीमा २४ घण्टामा ६८३ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा एकै दिनमा कोरोनाबाट १६ हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् ।

अमेरिकामा संक्रमितको संख्या ८५ हजार ५९४ पुगेको छ । अहिलेसम्म विश्वभरमा ५ लाख ३२ हजार ९०९ मानिस संक्रमित भएका छन् ।

चीनपछि युरोपेली मुलुकमा कोरोनाको गम्भीर असर देखिएको छ । पूरै विश्वमध्ये बिहीबार स्पेनमा सबैभन्दा धेरै मानिसले ज्यान गुमाउन पुगे । 

वुहानबाट फैलिएको कोरोना भाइरसको सबैभन्दा भयानक असर इटालीमा देखिँदैछ । अब त्यहाँबाट त्यसकै रुप स्पेनमा पनि देखिएको छ । वर्ल्डोमीटरका अनुसार पछिल्लो २४ घण्टामा इटालीमा ६८३ मानिसले ज्यान गुमाएका छन्। इाटलीमा कोरोना भाइरसबाट मर्नेको संख्या ८ हजार २ सय १५ पुगेको छ ।

चीन बाहिर कोरोना भाइरसबाट सबैभन्दा धेरै इटालीमा ज्यान गुमाएका छन् । यसका साथै इटालीमा नयाँ ६ हजार २०३ संक्रमित भेटिएका छन् । इटालीमा कोरोना भाइरसबाट संक्रमितको संख्या बढेर ८० हजार ५८९ भएको छ । स्पेन कोरोनाको नयाँ केन्द्र बन्दै गएको छ ।  स्पेनमा पछिल्लो २४ घण्टामा ७१८ जनाले ज्यान गुमाएपछि इटालीबाट अब कोरोनाको इपिसेन्टर स्पेन बन्दै गएको छ । यहाँ ज्यान गुमाउनेको संख्या ४ हजार ३६५ पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर