• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

निजी अस्पतालको प्रतिबद्धता : ‘कोरोनाविरुद्ध लड्न सरकारलाई साथ दिन्छौं’

काठमाडौं । प्राइभेट हस्पिटलका एशोसियनले विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस)को संक्रमणको रोकथाम, नियन्त्रणका लागि संक्रमिट बिरामीह्रुको उपचारार्थ पूर्ण तयारी अवस्थामा रहन आफू मातहतका सबै अस्पताललाई अपिल गरेको छ । बिहीबार अध्यक्ष बसन्तकुमार चौधरीले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएका छन् । 

निजी स्वास्थ्य क्षेत्रबाट संचालित सबै अस्पतालहरुश्रलाई हुनसक्ने भवितव्यप्रति सचेत हुन आग्रह गर्दै एशोसियसनले सरकारद्वारा गठित समितिबाट तोकिएका निजी अस्पतालहरुमा आइसोलेसन र फिबर क्लिनिक र आइसियू लगायतको व्यवस्थापन गरिएको जानकारी गराएको छ ।

सबै सदस्य अस्पतालहरुलाई  आम नागरिकहरुलाई स्वास्थ्य उपचारबाट बञ्चित नगराउन एशोसियसनले आग्रह समेत गरेको छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘देशमा आइपर्ने हरेक समस्या र महामारीको स्थितीमा नागरिकको स्वास्थ्य उपचारमा निजी स्वास्थ्य क्षेत्रले पुर्याएको योगदानलाई पुनः स्मरण गर्दै तथा संस्थागत सामाजिक उत्तरदायित्वप्रति जिम्मेवारी बोध गदी यस (कोभिड १९ को असरलाई सामना गर्न जस्तोसुकै परिस्थितिका बाबजुद निस्वास्थ्रुपमा राज्यलाई सहयोग गर्ने निजी स्वास्थ्य क्षेत्र तम्तयारी अवस्थामा रहेको प्रतिबद्धता व्यक्त गर्दछौं ।’

रुघाखोकी, सामान्य ज्वराे आएका विरामीलाई केही निजी अस्पतालहरुले उपचार नगरी फर्काएकाे भनि सरकारले स्पष्टीकरण साेधेकाे थियोे । सरकारकाे स्पष्टीकरण मागसँगै निजी अस्पतालप्रति नकारात्मक टिप्पणी भएकाे थियाे । निजी अस्पतालहरुकाे साझा संस्थाले आज आधिकारिक धारणासहित काेराेनाविरुद्ध सरकारलाई जुनसुकै अबस्थामा साथ दिने प्रतिद्धता जनाएका छन् । उनीहरूकाे याे प्रतिबद्धताले निजी अस्पतालप्रति जनताको नकारात्मक गुनासो र भ्रमलाई निवारण गरेकाे छ ।

सुमेरु अस्पतालका प्रबन्ध निर्देशक तथा एशोसियसनका महासचिव होमराज दाहालले आफूहरु सरकारलाई जुनसुकै बेला सहयोग गर्न तयार रहेको बताए । समाचार दैनिकसँगको कुराकानीको क्रममा उनले आफू कार्यकारी निर्देशक रहेको हस्पिटलमा कोरोनाबारे सम्भावित प्रकोपको समयमा जनतालाई सेवा गर्नका लागि आफ्नो टीम तयार अवस्थामा रहेको बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर