• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

पर्सा राष्ट्रिय निकुञ्जमा गोली हानाहान, एकको मृत्यु

पर्सा । पर्सा राष्ट्रिय निकुञ्जमा गोली हानाहान भएको छ ।  वन्यजन्तु चोरी तस्करी समूह र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच शुक्रबार गोली हानाहान भएको हो । 

गोली हानाहानका क्रममा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले चलाएको गोली लागेर शिकारी समूहका एक जनाको मृत्यु भएको छ भने नेपाली सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएका छन् ।

बिहान करिब साढे ९ बजेको समयमा वन्यजन्तु चोरी शिकारी समूहले गोली चलाएपछि त्यसको जवाफमा फायरिङ्ग गर्दा परिचय खुल्न नसकेका एक व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर