• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

झापामा किटनाशक औषधि छर्कन सुरु

झापा । झापाको गौरादह नगरपालिका वडा नम्बर ७ ले पनि कोरोना भाइरसको संक्रमण फैलन नदिन वडाका बिभिन्न स्थानमा किटनासक औषधि छर्केको छ ।

आज ग्वालडुब्बास्थित वडा कार्यालयबाटै वडाध्यक्ष बलराम खरेलले यो अभियानको शुभारम्भ गरेका हुन् । आजै वडा भिको बजार क्षेत्र, मन्दिर, प्रहरी बिट लगायतका स्थानमा औषधि छर्किएको स्वास्थ्य चौकी जुरोपानीका अहेब टेक प्रसाद अधिकारीले जानकारी दिएका हुन् ।

विशेष गरी भीडभाड हुने गरेका स्थान, ओसिलो र घाम नलाग्ने ठाउँमा किटनासक औषधि छर्किने वडा सचिव ओमनाथ तिवारीले जानकारी दिएका हुन् । सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन वडाबासीलाई वडाध्यक्ष बलराम खरेलले अनुरोध समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर