दुबईबाट आएका थिए धनगढीका कोरोना संक्रमित, भर्ना गर्ने युवककाे खोजी सुरु

कैलाली । कैलालीका कोरोना संक्रमित युवक धनगढी उपमहानगरपालिका वडा नं ५ का हुन ।  धनगढीमा कोरोना पोजिटिभ देखिएका ३४ वर्षीय युवकलाई अस्पताल भर्ना गर्ने अर्का व्यक्तिको पनि खोजी सुरु भएको छ ।   

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । “उनी दुबईबाट आएका हुन् । उनको बारेमा विस्तृत विवरण प्राप्त गर्दैछौं,” मन्त्रालयका  प्रवक्ता देवकोटाले भने , “उनी चैत ११ गते भर्ना भएका थिए । स्वाबको नमुना परीक्षण गर्दा उहाँमा पोजेटिभ देखिएको हो ।”

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले युवकलाई अस्पताल सम्म पुगाउनेको खोजी सुरु गरिएको  जानकारी दिए  ती युवकसँग अस्पताल पुगेका उनी अहिले प्रहरीको सम्पर्कमा छैनन् ।

युवकका सम्पर्कमा आएका  अन्य व्यक्तिको समेत खोजी सुरु गरिने भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर