• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कोरोना भाइरस : इटालीमा एकै दिन ९ सय बढीको मृत्यु !

काठमाडौं । पछिल्लो अपडेट अनुसार, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण २७ हजार भन्दा धेरै मानिसको मृत्यु भइरसकेको छ । महामारीको रुप लिएको यो भाइरसबाट ५ लाख ९४ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् भने १ लाख ३२ हजार मानिस उपचारपछि घर फर्किइका छन् । 

एकै दिनमा करिब ६२ हजार मानिस यो भाइरसबाट संक्रमित भएका छन् भने ३ हजार भन्दा बढीको यही भाइरसको कारण ज्यान गएको छ । 

विश्वका नयाँ–नयाँ देशमा फैलिरहेको यो भाइरसको मूख्य सिकार इटाली,स्पेन, अमेरिका, फ्रान्स लगायतका देशहरु परेका छन् । इटालीमा २४ घण्टाभित्र ९ सय भन्दा बढी मानिसहरुको मृत्यु भएको छ भने ५ हजार भन्दा बढी नयाँ संक्रमित देखिएका छन् 

त्यस्तै स्पेनमा ७ सय भन्दा बढीको मृत्यु भएको छ भने ७ हजार नयाँ संक्रमित थपिएका छन् । सबै भन्दा धेरै अमेरिकामा २४ घण्टाभित्र १६ हजार भन्दा धेरै संक्रमित देखिएका छन् । त्यहाँ एक दिनमा करिब ३ सयले ज्यान गुमाएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर