• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

अमेरिकामा एकै दिन १६ हजार नयाँ कोरोना संक्रमित भेटिए

काठमाडौं  । तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको  धेरै संक्रमित भएको देश अमेरिका बनेको छ । त्यहाँ एक लाख बढी कोरोना संक्रमित देखिएका छन् । 

पछिल्लो अपडेट अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा १६ हजार भन्दाबढी संक्रमित भएपछि कुल संक्रमितको संख्या एक लाख २ हजार ३९६ पुगेको हो । त्यस्तै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय ७ पुगेको छ । अमेरिकामा थप ३१२ जनाको मृत्यु भएको छ । 

त्यस्तै अमेरिकाको न्युयोर्कमा मात्र करिब ६ सयको मृत्यु भएको छ ।विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २७ हजार २५१ पुगेको छ । त्यस्तै कुल संक्रमितको संख्या ५ लाख ९४ हजार ३४४ पुगेको छ ।विश्वभर अहिलेसम्म एक लाख ३२ हजार ६२२ जना ठिक भएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर