लकडाउनमा घरबाटै ब्युटि टिप्स सिकाउँदै अभिनेत्री दिशा पटानी ! (भिडियोसहित)

एजेन्सी । भारतमा जारी लोकडाउनको कारण बलिउड सेलिब्रेटी आफ्नै घरमा समय बिताउँन बाध्ध भएका छन् । घरमा बसेका केही सेलिब्रेटी कोही खाना पकाएर, घर सफा गरेर र कोही पुस्तक पढेर समय कटाउने मेलो गरिरहेका छन् । यसैबीच अभिनेत्री दिशाा पटानीले आफ्नो फ्यानहरुको लागि ब्युटि टिप्स सेयर गरेकी छन् ।

दिशा पटानीले इन्स्ट्राग्राम अकाउन्ट मार्फत एक भिडियोको प्रोमो सेयर गरेकी छन् । भिडियोमो दिशाको सुन्दर मेकअप लुक्स देखिएको छ । भिडियोमा उनले गर्मी मौसममा कसरी आफ्नो अनुहारलाई श्रृङगारने बताएकी छन् । 

आफ्नो युट्युब च्यानलमा  पनि भिडियो सेयर गर्दै दिशाले लेखेकी छन् –‘म केही दिनखेखि मेकअप सम्बन्धि भिडियो बनाउँन चाहन्थे । यो मेरो पहिलो मेकअप भिडियो हो । यो बनाउँन मलाई निकै गाह्रो भयो । ’

दिशाले ६ महिना अगाडी युट्युब खोलेकी थिइन् । उनको युट्युब च्यानमा अहिले सम्म १ लाख ६३ हजार सब्सक्राइबर छन् । उनले वकआउर्ड, डान्स र केही फिल्ममका भिडियो सेयर गरेकी छन् । 
 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर