टिकटमा विशेष छुटसहित चीनमा शनिबारबाट करिब ८०० हल खुल्ने

एजेन्सी । कोरोना भाइरसको कारण ग्रस्त बनेको चीन तंग्रिदैछ ।   विद्यालय , पर्यटकीय स्थल मारर्केटहरु खुल्न थालेका यसैबीच शनिबारबाट शाङ्घाई शहरका २०० फिल्म हल खुल्ने भएका हुन् । कारेनोराको त्रास कम हुँदै गएपछि चीनको शाङ्घाई शहरबाट पून हलहरुको सूचारु गर्न लागिएको छ । शाङ्घाई हलहरुको सबै भन्दा ठूलो शहर हो । 

अघिल्लो हप्ता केहि साना ठाउँहरुका सिमित हलहरु खोलिएको थियो । शनिबारबाट भने चिनभरि करिब ८०० हाल खुल्ने अनुमान गरिएको छ । कोरोना भाइरसको कारण हलहरु करिब २ महिना बन्द थिए ।

हलहरु खुल्ने भएता पनि हल संचालक र दर्शकहरुले साबधानीको उपायहरु अबलम्बन गर्नुपर्नेछ । हल छिर्नु अघि दर्शकको शरीरको तापक्रम नापिनेछ र उनीहरुले अनिवार्य मास्क लगाउनु पर्नेछ । त्यस्तै हल संचालकले प्रत्येक दर्शकको छेउ र अघिपछिको सिट खाली राख्नुपर्नेछ ।

चाइना फिल्म ग्रुपले प्रदर्शनको लागि २० वटा पहिल्यै रिलिज भैसकेका फिल्महरु चयन गरेको छ जुन फिल्मबाट आउने पुरा आम्दानी फिल्म हलले मात्र पाउनेछ । ‘वुल्पÞm वारियर (२’, ‘वण्डरिङ्ग अर्थ’, ‘ग्रिन बुक’, ‘केपरनउम’ लगायतका फिल्महरु रिलिज गर्ने तयारी गरिएको छ ।

शाङ्घाईमा मात्र ३८० भन्दा बढी फिल्म हलहरु छन् । त्यहाँ फिल्मको चार वटा टिकट खरिद गर्ने दर्शकलाई बिशेष छुटको पनि व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर