• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कोरोनाका संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने दमकका युवा प्रहरी नियन्त्रणमा

झापा । कोरोना भाइरससम्बन्धी अफवाह फैलाएको आरोपमा झापास्थित दमकका एक व्यक्तिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । 

कोरोना भाइरसका बिरामी फेला पर्याे भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ भिडियो गरेर समाजमा आतंक फैलाएको भन्दै दमक नगरपालिका १ बस्ने कुमार राईलाई नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी बिजयराज पण्डितले जानकारी दिएका छन् ।  

नियन्त्रणमा लिईएका राईलाई इलाका प्रहरी कार्यालय दमकले साधारण तारेखमा रिहा गरेको डिएसपी पण्डितले जानकारी दिएका छन् । यस्तै राई प्रहरीको निगरानीमै रहने पण्डितको भनाइ छ ।

यस्तै राईले सामाजिक सञ्जाल फेसबुकमा गरेको भिडियो लाईभलाई हटाउन लगाईएको दमक प्रहरीले जनाएको छ । राईले शुक्रबार दिउँसो दमकका एक बिरामीलाई ज्वरो आएको भन्दै एम्बुलेन्समा हालेर धरान लगिरहेको अवस्थामा उनले फेसबुक लाइभ भिडियो गरेर आतंक फैलाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर