• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सिआईएले कोरोना रिपोर्ट तयार गरेको रहस्य रसियन प्राब्धाले १५ वर्ष अघि खोलेको थियो 

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट यतिबेला विश्वनै आक्रान्त भइरहेको छ । यो भाईरसबारे विश्वभरी नै विभन्न अड्कलबाजीहरु भइरहेका छन् । यो जैविक हो कि कृत्रिम ? चीनले तयार पारेको कि अमेरिकाले ? जंगली जनावर काँचै खाएर सरेको वा यस्तै खाले अड्कलबाजीहरु चलिरहेका छन् । 

सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी र सो भाइरसको विषयमा यसअघि नै विभिन्न पुस्तकमा उल्लेख भएको समाचार पनि आइसकेका छन् । 

यस्तै अड्कलबाजीकै बीचमा रुसको एक पुरानो पत्रिका प्राब्धाको अनलाइन संस्करणले कोरोना भाइरबारे सन् २००५ मा नै अमेरिकी गुप्तचर एजेन्सी सीआईएले कोरोनाबारे रिपोर्ट तयार पारेको उल्लेख गरेको छ ।

सीआईएको रिपोर्ट ‘व्हाट द वर्ल्ड विल बी २०२०’ यतिबेला चर्चामा आएको हो । जसमा कोभिड–२० को महामारीको विकासको वर्तमान परिदृश्य उल्लेख गरिएको छ ।

यो रिपोर्ट सेप्टेम्बर २००५ मा लेखिएको हो भने फ्रेन्चमेन अलेक्जेन्डर एड्लरले आफ्नो पुस्तक ‘द सीआईए रिपोर्ट अन व्हाट विल बी २०२०’ मा उल्लेख गरेका थिए । पुस्तक पश्चिमी देशमा २००५–२००९ मा प्रकाशनमा आएको थियो ।

‘विभागले सधैँझैँ संसारको भविष्यबारे १५ देखि २० वर्षअघि नै भविष्यवाणी गर्ने कोसिस गरेको थियो । वैश्विक महामारीको सम्भावना पनि आश्चर्यजनक रूपमा वास्तविक बनेको छ,’ एक वैश्विक महामारीको सम्भावित प्रकोप नामको अध्यायमा सीआईए विशेषज्ञले एक परिदृश्य उल्लेख गरेका छन् ।

पूर्वाभास गर्दै उनी भन्छन्, ‘एक नयाँ, अत्यधिक संक्रामक, घातक, मानवमा श्वासप्रश्वाससम्बन्धी रोक आउनेछ । जसको कुनै पर्याप्त उपचार छैन र वैश्विक महामारीको कारण बन्न सक्छ ।’

कोही पनि महामारीका लागि तयार हुँदैनः कुनै पनि महामारीका लागि कोही तयार भएर बसेको हुँदैन । त्यसैले यस्ता संक्रामक रोग लागेपछि त्यसलाई नियन्त्रणमा लिन लामो समय पनि लाग्न सक्छ । यस्ता रोगका लक्षण र निम्त्याउने परिणामसम्म पर्खिंदा यस्ता रोग संक्रामक महामारीमा परिणत भइदिन्छन् ।

वैश्विक संक्रमण परिदृश्यः

सीआईएको सो रिपोर्टमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय गतिविधि, केही सामान्य र विनालक्षणका यात्रुका माध्यमबाट यो एक देशबाट अर्को देशमा फैलिन्छ । अधिकभन्दा अधिक संक्रमित हुनेछन् । हरेक महिना नयाँ संक्रमित भेटिँदै जानेछन् ।’

नयाँ भाइसरको उत्पत्ति र क्षेत्रबारे समेत उल्लेखः 
‘यदि कुनै महामारी फैलिन्छ भने त्यो निःसन्देह घना बस्ती भएको क्षेत्रमा फैलिन सुरु हुन्छ । जहाँ मानिसहरू जनावरको नजिक हुनेछन् । चीन र दक्षिण पूर्वी एसियामा यस्तो क्षेत्र छ, जहाँ मानिस पशुधनको सम्पर्कमा हुन्छन् ।’

सीआईएको रिपोर्टमा १० देखि केही सय मिलियन पश्चिमा देशका मानिसमा यो संक्रमण फैलिने र मृत्यु हुनेको संख्या पनि लाखौँको संख्यामा हुने उल्लेख छ । बाँकी संसारमा पनि आधारभूत ढाँचामा ह्रास आउनेछ, वैश्विक स्तरमा आर्थिक नोक्सान हुनेछ । लगभग एकतिहाइ जनसंख्या संक्रमणबाट रोगी बन्नेछन् ।

परिणाम स्पष्ट छ, तनाव र द्वन्द्वः
‘यदि यो रोग सन् २०२० मा देखियो भने आन्तरिक र देश देशबीच द्वन्द्व सुरु हुनेछ । अपर्याप्त क्षमता भएका देश संक्रमणबाट बच्नका लागि या त प्राकृतिक संशाधनसम्म पहुँच बनाइराख्न र जनसंख्या नियन्त्रणका लागि कोसिस गर्नेछन्,’ रिपोर्टको निष्कर्षमा भनिएको छ ।

प्राब्धालाई प्राप्त रिपोर्टअनुसार चीनको विदेश मन्त्रालयका एक प्रवक्ताले आधिकारिक रूपमा ‘अमेरिकी सेनाले कोभिड–१९ भाइरस चीनको वुहानमा ल्याएको दावी गरेका छन् ।

सन् २०१५ को वैज्ञानिक जर्नल नेचर मेडिसिनमा एक लेखमा अमेरिकी वैज्ञानिकले कृत्रिम रूपमा विभिन्न जनावरमा कोरोना भाइरसको ‘हाइब्रिड भर्सन’ बनाइरहेको उल्लेख छ, उदाहरणका रूपमा चमेरा ।  त्यसअघि सन् २०१३ मा उनीहरुले यस्ता भाइरस मानिसमा सार्न सक्ने सम्भावनाबारे अध्ययन गरिरहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर