कोरोना संक्रमण : चुस्त गण्डकी प्रदेश, सुनसान पर्यटकीय गन्तव्य  

पोखरा । संघीय राजधानि काठमाडौं पछिको ठुलो शहर हो गण्डकी प्रदेशको पोखरा । पर्यटकीय नगरीका हिसावले नेपालकै पहिलो गन्तव्य हो पोखरा । पर्यटकीय गन्तव्यका हिसावले नेपालले आर्जन गर्ने विदेशी मुद्राको सर्बाधिक ठुलो हिस्सा पोखरा र आसपासको क्षेत्र अथवा गण्डकी प्रदेशबाटै प्राप्त हुने गर्दछ । 

संघीय सरकारले बुधबारबाट लागु गरेको लकडाउन र त्यसअघि पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भईरसका कारण पर्यटकीय नगरी पोखरा सुनसान बन्दै थियो । फेवा ताल, शान्ति स्तुपा, वेगनास ताल, महेन्द्र गुफा, सारंकोट, अन्नपूर्ण पदमार्ग, घलेगाँउ, बन्दीपुर लगायतका गन्तव्यहरु आन्तरिक तथा बाह्य पर्यटकको अनुपश्थितिमा सुनसान प्राय छन् । 

संघीय सरकारले गरेको निर्णय अनुसार गण्डकी प्रदेश सरकारले पनि लकडाउनलाई पूर्ण रुपमा सफल बनाउन, देखिएका संकास्पद विरामीलाई क्वारेन्टीनमा राख्न तथा गंभिर विरामी देखिएमा आईसोलेशन र अस्पतालको व्यवस्था गर्ने निर्णय गरेको थियो । 

प्रदेश सरकारका निर्णयः
१५ करोडको कोरोना कोष, जिल्ला अस्पताललाई ५ लाखः

विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरस ९कोभिड—१९० को रोकथामको लागि गण्डकी प्रदेश सरकारले १५ करोड रुपैयाँको कोरोना कोष खडा गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोषमा प्रदेशका सातै मन्त्रीले एक महिनाको तलब जम्मा गर्ने समेत निर्णय गरेको हो ।

प्रदेश सरकारले प्रदेशसभा सदस्य, अन्य जनप्रनिनिधि, राष्ट्रसेवक कर्मचारी, नीजि क्षेत्र तथा संघ÷संस्थालाई समेत कोषमा रकम जम्मा गर्न आव्हान गरेको छ । मन्त्री किरण गुरुङको संयोजकत्वमा बनेको पाँच सदस्यीय कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन समितिले काम अघि बढाएको छ ।  

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशका एघारै जिल्ला अस्पताललाई कोरोनाका लागि आवश्यक स्वास्थ्य सामग्री खरीद गर्न पाच लाख उपलब्ध गराएको छ ।

खेल गतिविधिमा रोकः
पर्यटकीय नगरी भएपनि गण्डकी प्रदेशको पोखराम एथेष्ट खेलकुद गतिविधि हुने गरेको छ । तर कोरोनाको कहरकै कारण लकडाउन सुरु गरिएको बुधबारबाट औपचारिक रुपमा पोखरामा हुने खेलकुद स्थति गरिए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति तथा कास्की जिल्लाले एक साताका लागि खेल गतिविधि रोक लगाउने घोषणा गरे । त्यस यता पोखरा संगशाला सुनसान छ ।
यसबीचमा पोखरामा हुने १८ आहा रारा गोल्डकप फुटबल तथा रंगशाला भित्र हुने भलिवल, क्रिकेट, आर्चरी, टेनिस लगायका गतिविधि र रंगशाला निर्माणको काम समेत अबरुद्ध भएको छ । 

किटनाशक औषधी छर्कियोः
कोरोना भईरसको संक्रमणको प्रभाव परेपछि नेपालकै संभवत पहिलो पटक पोखरामा किटनाशक औषधी छर्कन सुरु गरियो । अहिले पनि कतिपय प्रदेश तथा संघीय राजधानिमा नै त्यस्तो अभ्यास विरलै देख्न सकिन्छ । 

तर गण्डकी प्रदेशले बिहिबारदेखिनै किटनाशक औषधी छर्कन सुरु गरेको थियो । प्रदेश सरकारको यस्तो गतिविधिले कोरोनाको संक्रमण फैलन नदिनुका साथै पोखरामा रहेका पर्यटकलाई ढुक्कसँग वस्ने अवस्था सृजना गर्यो ।

सवै वडामा समन्वय समिति गठनः 
कोरोनाको रोकथामका लागि प्रदेश सरकारको निर्णय अनुसार पोखरा महानगरपालिकाले सवै ३३ वडाहरुमा समन्वय समिति गठन भए । ती समितिहरुले आफ्नो वडा भित्रका विदेशी नागरिकहरुको अभिलेख संकलन गर्नुका साथै  संकतिल अभिलेख महानगरमा पठाउने काम गरे । क्वारेन्टीनहरुको व्यवस्था, खाध्यन्न किन्नका लागि सहज व्यवस्थापन गर्ने काम पनि तीनै समितिहरुले गरे ।

मुस्ताङबाट पर्यटकको रेस्क्यूः 
लकडाउन सुरु हुनु भन्दा अघिनै मुस्ताङ पुगेका पर्यटकहरुलाई सहज उद्दार गर्ने काम भयो । मुस्ताङमा अड्किएका १२१ पर्यटकललाई सहज उद्दार गरिएको हो । 

अन्नपूर्ण पदमार्ग हुंदै हिमालपारिको जिल्ला मुस्ता पुगेका २१ देशका १ सय २१ पर्यटकलाई २ दिन लगाएर उद्दार गरि काठमाडौं पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उद्दार गरिएका पर्यटकहरु अमेरिका, जर्मन, ईटाली, स्पेन, फ्रान्स लगायत देशका थिए ।

क्वारेन्टीन बसेका एकको मृत्युले त्रासः 
भारतबाट आएका एक नागरिकको क्वारेन्टीनमा बसेकै बेला मृत्यु भयो । उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजादै गर्दा मृत्यु भएपछि उनलाई कोरोनाको संक्रमण थियो कि थिएन भनेर प्रमाणित गर्न मृतकको परिक्षण गर्न काठमाडौ पठायो । रुपा गाउपालिकाले देउराली विश्वशान्ति स्तुपामा बनाएको क्वारेन्टीनमा बसेका ५० वर्षीय पुरुसको उपचारको क्रममा निधन भएको थियो ।

मुख्यमन्त्रीको भनाईः 
चैत्र १ गते मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गरि कोरोना भईरसका नाममा कृत्रिम अभाव सृजना गर्नेलाई कठोर कारबाही गर्ने बताए । सामाजिक मन्त्रीसहित शनिबार पत्रकार सम्मेलनमा उपस्थित भएका मुख्यमन्त्री गुरुङले भाईरसको संक्रमण रोकथाम र प्रतिरक्षा कार्यका लागि प्रदेश सरकारले तयार रहेको जानकारी दिदै कालोबजारी गर्ने विरुद्ध कठोर कदम चाल्ने बताए ।

१ सय ११ बेडको आईशोलेशन वार्डः 
गण्डकी प्रदेशले आफ्नो प्रदेश भित्रका विभिन्न जिल्लामा १ सय ११ बेडको आईसोलेशन वार्ड तयार पारेको छ । चैत्र ८ गते शनिबार सम्ममा यी बेडहरु तयार गरिएको प्रदेश सरकारले जानकारी दियो । 

कोरोना भईरसका संक्रमितहरु देखिएमा गंभिर प्रकृतिका विरोमी राख्नका लागि प्रदेश भित्रैका विभिन्न जिल्लामा १ सय ११ बेडहरु तयारी हालतमा राखिएको प्रदेश सरकारले जानकारी दियो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दश श्ययाको आइसोलेसन कक्ष तयार गरिएको छ । मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक मेमोरियलमा ३० र जीपी कोइराला स्वासप्रस्वास केन्द्र तनहुँमा ३० श्ययाको आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर