• सोमबार २-१२-२०७७/Monday 05-25-2020/ 08:13 pm

राष्ट्रसंघका ८६ कर्मचारी कोरोनाभाइरस संक्रमित

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन ।

राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार सङ्क्रमित मध्ये अधिकाशं युरोपेली मुलुकमा खटिएका कर्मचारी रहेका छन । त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि सङ्क्रमित भएका छन । 

बिरामी भएका मध्ये अधिकांश सामान्य अवस्थामा रहेको पनि उहाले जानकारी दिए । उनीहरुले घरबाटै काम गरिरहेको पनि प्रवक्ता डुजारिकको भनाई छ ।
 
राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा झन्डै चार हजार कर्मचारी मध्ये बिहिवार ७० जनाले कार्यालयमा रहेर काम गरेका थिए । 

त्यसैगरी भियनामा ९७ प्रतिशतभन्दा बढी राष्ट्रसंघका कर्मचारीले अहिले नियमित रुपमा टाढा बसेर काम गरिरहेका छन भने अडिस आबाबा र इथोपियाका ९९ प्रतिशत कर्मचारीले घरमै बसेर काम गरेका छन ।  एपी 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चीनमा थप ५१ जना कोरोना सङ्क्रमित, १० दिनमा ६० लाखको स्वास्थ्य परीक्षण

  • १२ जेठ, २०७७

बेइजिङ । चीनमा थप ५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  सङ्क्रमित भएकामध्ये अधिकांश कोरोनाभाइरसको उद्गमस्थल मानिएको वुहानका रहेको

दिल्लीमा गर्मी बढ्यो, ४५ डिग्री सेल्सीयस पुग्यो तापक्रम 

  • १२ जेठ, २०७७

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा तापक्रम अत्यधिक बृद्धि भएकाले गर्मी बढेको छ ।  भारतको मौसम विज्ञान विभागले दिएको

जापानले राष्ट्रव्यापी आपतकाल हटायो

  • १२ जेठ, २०७७

एजेन्सी । जापानका प्रधानमन्त्री शिन्जो आबेले राष्ट्रव्यापी आपतकाल हटाउने घोषणा गरेका छन् ।  सोमबार देशको नाममा सम्बोधन गर्दै आबेले देशका अधिकांश