कोरोनाको त्रास : जानकी मन्दिरको पट सर्वसाधारणका लागि बन्द

जनकपुरधाम । कोरोना भाइरसको त्रास तथा लकडाउनका कारण जनकपुरधाममा रहेको हिन्दु धर्माबलम्बीहरुको आस्थाको केन्द्र जानकी मन्दिरको पट सर्व सााधारणका लागि बन्द गरिएको छ । कोरोनाका संक्रमण बढ्न सक्ने खतरालाई ध्यानमा राख्दै मन्दिरमा भीड हुन नदिनका लागि मन्दिरको पट सर्वसाधारणका लागि बन्द गरिएको हो । 

यद्यपि मन्दिरमा प्रत्येक दिन बिहान बेलुका हुने पूजा अझै जारी रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए । 

मन्दिरको पट सर्व साधारणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा बन्द गरिएको छ । सन् १९११मा स्थापना गरिएको जानकी मन्दिरको १ सय ९ वर्षको इतिहासमा पहिलो पटक सर्वसाधारणका लागि बन्द गरिएको हो । 

भगवान रामको जन्मोत्सव रामनवमीको ५ दिन मात्रै बाँकी रहेको समयमा मन्दिर बन्द हुनुले रामनवमी मेला लाग्ने सम्भावना समेत क्षीण भएको छ । रामनवमीको अवसरमा जनकपुरधामको राम मन्दिर र जानकी मन्दिरमा विशेष पूजा अर्चना हुने गथ्र्यो । तर यस पटक कारोना भाइरसको त्रासका कारण रामनवमी समेत प्रभावित भएको छ  । 

रामनवमीको अवसरमा मन्दिरमा विशेष पूजा हुने भनिएपनि कुनै पनि उत्सवको कार्यक्रम नराखिएको उत्तराधिकारी महन्थ दासले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर